लन्डन । गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी प्रवर्धन समितिको शनिवार बसेको बैठकले समितिको सल्लाहकारमा डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई मनोनित गरेको छ ।
यसअघि सल्लाहकारमा मनोनित गरिएका गैर आवासीय नेपाली संघका मुख्य संरक्षक जीवा लामिछाने तथा संघका अध्यक्ष शेष घले सहित समितिका सल्लाहकारहरुको संख्या अब पांच पुगेको छ ।
गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी प्रवर्धन समितिका अध्यक्ष तथा यूरोप क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा टेलीकन्फरेन्स मार्फत बसेको बैठकले नेपाल सरकारले शनिवार ल्याएको बजेटमा आकर्षक मुनाफा दिने खालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न एउटा नयां जलविद्युत कम्पनी खोल्ने र त्यसमा गैर आवासीय नेपालीहरुलाई पनि लगानीको अवसर दिने घोषणाको स्वागत गरेको छ ।
बजेटको दफा ३७ मा उक्त प्रस्तावित कम्पनीमा न्यूनतम ५१ प्रतिशत शेयर सरकारको र बांकी ४९ प्रतिशत सम्म नेपाली जनता र गैर आवासीय नेपालीहरुकालागी खुला गर्ने उल्लेख छ । समितिको बैठकले यसबारे छिट्टै सम्बन्धित सरकारी निकायहरुसंग समन्वय गरी गैरआवासीय नेपालीहरुको लगानीको स्वरूप बारे स्पस्ट पार्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
समितिका सहअध्यक्ष महेश श्रेष्ठले सरकारले गरेको नयां निर्णयले नेपालमा जलविद्युत क्षेत्रमा गैर आवासीय नेपाली हरुको लगानी भित्र्याउने बाटो खुलेको भन्दै यो अवसरलाई अत्यधिक उपयोग गर्न समिति अरु सक्रिय हुनु पर्ने बताएका थिए । बैठकमा संसार भरि फैलिएका गैर आवासीय नेपालीहरुको लगानी नेपालमा जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा कसरी आकर्षित गर्ने भन्ने बारे छलफल पनि भएको थियो ।
बैठकको अन्त्यमा समितिका अध्यक्ष कुल आचार्यले सबै सहभागीहरुलाई धन्यवाद दिंदै नेपालमा व्यापार तथा लगानी गर्न आफ्नो क्षेत्रबाट सक्रिय रहन सबै सदस्यहरुलाई आग्रह गरेका थिए । समितिको अर्को बैठक आउदो अगस्ट महिनामा बस्ने बताइएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई