एनआरएन यूकेको नेपाल घरका लागि पहिलो दिनमै ७० हजार पाउण्डको प्रतिवद्धता

muchhetra front

अध्यक्ष मुछेत्र गुरुङ

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) को ‘ड्रिम प्रोजेक्ट’ नेपाल हाउसका लागि पहिलो दिनमै ७० हजार पाउण्डको प्रतिवद्धता भएको छ । आइतबार ब्लू अर्किड रेस्टुरेन्टमा बसेको एनआरएनए यूकेको छैठौं बैठकले कार्यसमितिका सदस्यहरुले कम्तिमा एकहजार एक पाउण्ड सहयोग रकम दिने एउटा महत्वपूर्ण निर्णय गरे अनुसार बैठककै दिन एनआरएनए यूकेका संरक्षकहरु, कार्यसमितिका पदाधिकारी र सदस्यहरुबाट मात्र ६९७१२.९९ को प्रतिवद्धता आएको हो । अध्यक्ष मुछेत्र गुरुङले कम्तिमा ५ हजार पाउण्ड प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल हाउस र आगामी जुलाई २ मा नेपाल हाउस च्यारिटी डिनर गर्ने अजेन्डामा बैठक केन्द्रित थियो । ५० जना भन्दा बढि सल्लाहकारहरु उपस्थित रहेको उक्त बैठकले संघको ‘ड्रिम प्रोजेक्ट’ नेपाल हाउस निर्माण परियोजना कार्यान्वयन गराउनका निम्ति बिभिन्न अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरेको छ ।
अध्यक्ष मुछेत्र गुरुङले अध्यक्षता गरेको उक्त बैठक महासचिव बिजय बिक्रम लिङदेनले सञ्चालन गरेका थिए ।

अध्यक्षबाट किनोट स्पिच भएपछि कार्यसमितिका सदस्य इन्जिनियर राजेश पाठक, अध्यक्ष मुछेत्र गुरुङ र नेपाल हाउस परियोजनाका संयोजक योग फगामीबाट संयुक्त रुपमा पावर पोइन्ट प्रेजेन्टेसन भएको थियो । उनीहरुको प्रस्तुति नेपाल हाउसको प्राविधिक रुपरेखा, प्रोजेक्ट रिपोर्ट, समय तालिका, नक्सा जस्ता आधारभूत विषयहरुमा केन्द्रित रह्यो ।

अध्यक्ष गुरुङले नेपाल हाउसका निम्ति फण्ड रेइजिङका विभिन्न अवसर र सम्भावनाको खोजी गर्दै न्युनतम १.५ मिलियन पाउण्ड उठाउन बेलायतमा भएका नेपाली संघसंस्थाहरु, विभिन्न ब्यक्ति र बिजनेस इन्टरप्राइजहरु, बेलायती सरकार र संस्थाहरु, एनआरएनए आइसीसी, च्यारिटी फण्ड र एनआरएन यूकेका पधाधिकारी र सदस्यहरुबाट कोष संकलन (फण्ड रेइजिङ) गर्न सकिने भनि राखेको प्रस्तावप्रति सबै सकरात्मक देखिए ।

नेपाल हाउस परियोजनाका संयोजक योग फगामीले आफ्नो प्रस्तुतिको क्रममा पेश गरेको अध्यक्ष गुरुङको साथ र नेतृत्वमा रहने गरी नेपाल हाउस प्रोजेक्टलाई गतिशील बनाउन एक स्टेरिङ कमिटी गठन गर्नु पर्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । प्रस्तुतिको अन्तमा उपाध्यक्ष फगामीले नेपाल हाउस परियोजना कार्यान्यवन गर्न गराउन एनआरएनए यूकेका संरक्षकहरु र पदाधिकारीहरुलाई जिम्मेवारी बांडफांड गर्दै बिभिन्न विभागीय उपसमिति निर्माण गर्ने प्रस्तावलाई पनि बैठकले पारित गर्यो ।

बैठकले पारित गरेका उक्त विभिन्न विभागहरु अन्तर्गत रही एनआरएनए यूकेका वर्तमान कार्यसमितिभित्र र बाहिर रहेका जोसुकै ब्यक्तिहरुले पनि आफ्नो रुची, ज्ञान, अनुभव र बिशेषज्ञताको आधारमा एक वा अनेक जिम्मेवारी लिन सक्ने जनाइएको छ । त्यसैगरी समयान्तरमा परियोजना अलिक परिपक्व र विकसित हुंदै जांदा अन्य विभाग र उपसमितिहरु पनि बन्न सक्नेछन् ।

प्रवक्ता खुशी लिम्बुका अनुसार, तत्काललाई भने बैठकले सम्बन्धित विभागहरुका निम्ति म्यानेजिङ डाइरेक्टर बोर्ड अफ ट्रस्टी वर्किङ स्टेरिङ कमिटीमा मुछेत्र गुरुङ, रजिष्टे्रशन र च्यारिटी सनत गुरुङ, डिटेल प्रोजेक्ट रिपोर्ट राजेश पाठक, ल्याण्ड पर्चेस सर्भे रिसर्च डमर घले, च्यारिटी फण्ड रेइज सूर्य गुरुङ, पब्लिक रिलेशन तथा नेशनल एण्ड इन्टरनेशनल कुल आचार्य, कन्सट्रक्सन एण्ड भ्यालुएसन योगेन्द्र क्षेत्री, लिगल एक्सपर्ट अड्भाइजरी बडी महेन्द्र कंडेल, पब्लिकेशन एण्ड मिडिया खुशी लिम्बु र नरेश खपांगी, अनरेरी अड्भाइजरी बडी महन्त श्रेष्ठ, अशोक श्रेष्ठ र एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, फण्ड कलेक्सन दीपक श्रेष्ठ र ललित न्यौपानेलाई छनोट गरेको छ ।

नेपाल हाउसका लागि निर्माण गरिएका बिभिन्न बिभागहरुको बिभागीय प्रमुखहरुले आआफ्नो बिचार राखेका थिए । त्यस क्रममा डमर घलेले नेपाल हाउस २५ को सेरोफेरोमा बनाउने योजनाबारे धारणा राखे भने सूर्य गुरुङले आफ्नो बिभागमा रहेर काम गर्न चाहने ब्यक्ति ब्यक्तित्वहरुलाई स्वागत गर्न सकिने बताए । उनले प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको पनि स्मारक नेपाल हाउसमा राख्न जरुरी भएको ध्यानाकर्षण गराएका थिए ।

NRN FNJ mou
कुल आचार्यले १.५ मिलियनको बजेटलाई बढाउन पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । आचार्यले एनआरएनको युरोपेली क्षेत्रीय भेला डेनमार्कको राजधानी कोपेन्हेगनमा आगामी जुलाई ३० र ३१ मा हुन गइरहेको र यसमा एनआरएनए यूकेको तर्फबाट अधिकतम संख्यामा सहभागी हुन आब्हान गरे । पछि बैठकले आइसीसी सदस्य संगीता मरहट्ठालाई युरोपेली क्षेत्रीय भेलामा जानेहरुको टोली बनाउन संयोजक तोकेको छ ।
महेन्द्र राज कंडेलले नेपाल हाउस एउटा सपना भएको जनाउंदै यसलाई पुरा गर्न सकिने आत्माविश्वास व्यक्त गरे । प्रेजेन्टेशनको क्रममा नेपाल हाउसका निम्ति कम्तिमा १ हेक्टर जग्गा चाहिने भनिए पनि सल्लाहकार डा. चन्द्र बहादुर गुरुङ लगायत कतिपयले १ हेक्टरले नपुग्ने र २ हेक्टर जति चाहिने सुझाव पेश गरेका थिए ।
बैठकले आगामी सेप्टेम्बर ११ मा आयोजना गर्ने तय भएको संघसंस्थाहरुका प्रतिनिधिहरुको बैठकका लागि आवश्यक गृहकार्य गर्ने गरी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । बैठकले आगामी च्यारिटी डिनर कार्यक्रम सम्बन्धमा च्यारिटी विभागको सोहि दिन बिहान बसेको बैठकले गरेका निर्णयहरुलाई पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री