
मुगु, १९ चैत । रारा गाविस मुर्मा गाउंका धनसिंह रोकाया गाउंमा वर्षाैंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् ।
करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउंका स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरिएको छ ।
मुर्मा गाउंका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताउनुभयो । लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उहाँले सुनाउनुभयो ।
रुगा गाविसका १५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउ“देखि आघा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको छ ।
कुवामा पानी भर्न रुगा गाउंका स्थानीयवासी लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाएर रातभर कुवामै बसेर पानी भर्ने गरेका छन् । खडेरीले स्थानीयवासीलाई भोकमरीभन्दा पानीको चिन्ताले सताएको छ ।
ज्यालादारी काम गरेर पैसा कमाएर चामल किनेर खाउँला तर पानी कहाबाट ल्याउँला रुगा गाविसकी जउकली कामीले भन्निुभयो– “अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो कस्तो जमाना आयो ।”
जिमा गाविसको सोरुकोट र बन्जाह गाउंका करिब २०० परिवारलाई पनि पानीको समस्या बेहोर्नुपरेको छ । खडेरीले दिउँसो धारोमा पानी नआउने र राति तिरतिर गरेर पानी झर्न थालेपछि समस्या भएको छ ।
सोरुकोट गाउंका स्थानीयवासी हातमा जर्किन बोकेर आघा घन्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउंका स्थानीयवासी रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ ।
हामीलाई भोकमरीभन्दा पानीको साह्रै सङ्कट उत्पन्न भयो बन्जाह गाउंकी पुनी मल्लले भन्नुभयो–“खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके एक पानी अनाजभन्दा एक गाग्री पानी पाउन गाह्रो हुन थाल्यो ।
जिल्लामा लामो खडेरी परम्परागत पानीका मुहान सुकेपछि स्थानीयवासीलाई गाउं छोडेर अन्यत्र सनुपर्ने अवस्था आउन थालेको छ । कहिल्यै नसुकेको पानीका मुहान यो पटक सुकेका छन् ।
जिमा गाविसको ख्याल्च गाउंका स्थानीयवासीलाई अनाजभन्दा पिउने पानीले सताएको छ । करिब ८० घरधुरी रहेको उक्त गाउ“मा रहेको पुरानो पानीको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको छ ।
डोकोमा गाग्री राखेर आघा घन्टा टाढाबाट पानी ल्याएर खानुपर्ने अवस्था आएपछि ख्याल्च गाउंका स्थानीयवासी चिन्तित भएका छन् ।
उता फोतु गाविस सोडडा गाउँका ४५ घरधुरीलाई उस्तै पानीको सङ्कट उब्जिएको छ । खडेरीले गाउंघरका पुराना स–साना सबै मूल सुकिसके रुगा गाविस सुम्ली गाउंका ७२ वर्षीय धने भण्डारीले भन्नुभयो–‘‘यस्तै हो भने अब कर्णालीको छेउछाउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो ।’’
समुद्री सतहदेखि करिब दुई हजार ९०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारा तालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलोपटक आघा मिटर ताल घटेको छ ।
ठूलो खडेरीले पानीका मुहान सुकेपछि देशकै ठूलो ताल राराको पानी आधा मिटर तल घटेको निमित्त रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत गोपाल खत्रीले बताउनुभयो । रारा तालको निकास खत्याड खोला पनि सुकेको छ ।
रारा तालको पानी घटेपछि कार्कीवाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी पानीका मुहान पनि सुकेको स्थानीयवासीको भनाइ छ । लेकाली बस्तीका स्थानीयवासीलाई पानी बोकेर खानुपर्ने अवस्था आएको छ ।
जिल्लाको २४ वटै गाविसमा करिब २०० पानीका मुहान सुकेका छन् खडेरीले धमाधम पानीका मुहान सुक्न थालेपछि त्यसको असर मानव चौपाया वस्तु वन्यजन्तु र चराचुरुङ्गीलाई असर परेको छ ।
पानीका मुहान सुक्न थालेपछि सरकारी तथा गैरसरकारी खानेपानी आयोजना प्रभावित भएका छन् । पहिले बनाएका अलपत्र परेका र निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान