लन्डन । बहुप्रतिक्षित नेपाली फिल्म ‘वीर विक्रम’ को यूके प्रिमियरका लागि कलाकारहरु लन्डन आइपुगेका छन् । वीर विक्रमको हङकङ रेड कार्पेट प्रिमियरपछि अब नायिका बस्ने देश यूकेमा प्रिमियर गर्न निर्देशक मिलन चाम्ससहित नायक दयाहाङ राई र सञ्चारकर्मी नरेश भट्टराईको समूह लन्डन आइपुगेको हो ।
उक्त सिनेमाको रेड कार्पेट आगामी अप्रिल २ तारिख शनिबार दिउसो २ः १५ बजे देखि अल्डरसटस्थित प्रिन्सेस हलमा हुने कार्यक्रम छ ।
प्रिमियरका अवसरमा कलाकारहरुलाई लिमोजिन कारबाट रेड कार्पेट हुंदै प्रिन्सेस हलसम्म ल्याइने निर्माण पक्षले जनाएको छ ।
रेड कार्पेट प्रिमियरमा नव नायिका दिया पुन सहित नायक दयाहाङ राईको उपस्थिति हुने भएकाले प्रिमियरमा बेग्लै रौनकता थपिने आशा छ ।
अहिले नेपालका नम्बर वान नायक दयाहाङ राईको पहिलो यूके रेड कार्पेट
प्रिमियर भएकाले पनि दयाहाङको उपस्थितिलाई विशेष रुपमा हेरिएको छ ।
‘वीर विक्रमको मुख्य बजार नेपाल भए पनि यूकेमा प्रिमियर गर्नुको उद्देश्य चाहिं यस फिल्मका निर्देशक, नायिका सहित निर्माण युनिट अधिकांश यूकेकै भएकाले हो’, निर्देशक मिलन चाम्स् भन्छन् । उनले यूकेमा रहेका सम्पूर्ण गोर्खाली सहित नेपाली सिनेप्रेमीहरुलाई त्यस दिन सहभागिताका लागि आग्रह गरेका छन् ।
‘वीर विक्रम’ को यूके प्रिमियरका निम्ति मिडिया पार्टनर अजम्बरी डटकमका तर्फबाट भूमिराज राई सञ्चार संयोजक छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता