लन्डन । बहुप्रतिक्षित नेपाली फिल्म ‘वीर विक्रम’ को यूके प्रिमियरका लागि कलाकारहरु लन्डन आइपुगेका छन् । वीर विक्रमको हङकङ रेड कार्पेट प्रिमियरपछि अब नायिका बस्ने देश यूकेमा प्रिमियर गर्न निर्देशक मिलन चाम्ससहित नायक दयाहाङ राई र सञ्चारकर्मी नरेश भट्टराईको समूह लन्डन आइपुगेको हो ।
उक्त सिनेमाको रेड कार्पेट आगामी अप्रिल २ तारिख शनिबार दिउसो २ः १५ बजे देखि अल्डरसटस्थित प्रिन्सेस हलमा हुने कार्यक्रम छ ।
प्रिमियरका अवसरमा कलाकारहरुलाई लिमोजिन कारबाट रेड कार्पेट हुंदै प्रिन्सेस हलसम्म ल्याइने निर्माण पक्षले जनाएको छ ।
रेड कार्पेट प्रिमियरमा नव नायिका दिया पुन सहित नायक दयाहाङ राईको उपस्थिति हुने भएकाले प्रिमियरमा बेग्लै रौनकता थपिने आशा छ ।
अहिले नेपालका नम्बर वान नायक दयाहाङ राईको पहिलो यूके रेड कार्पेट
प्रिमियर भएकाले पनि दयाहाङको उपस्थितिलाई विशेष रुपमा हेरिएको छ ।
‘वीर विक्रमको मुख्य बजार नेपाल भए पनि यूकेमा प्रिमियर गर्नुको उद्देश्य चाहिं यस फिल्मका निर्देशक, नायिका सहित निर्माण युनिट अधिकांश यूकेकै भएकाले हो’, निर्देशक मिलन चाम्स् भन्छन् । उनले यूकेमा रहेका सम्पूर्ण गोर्खाली सहित नेपाली सिनेप्रेमीहरुलाई त्यस दिन सहभागिताका लागि आग्रह गरेका छन् ।
‘वीर विक्रम’ को यूके प्रिमियरका निम्ति मिडिया पार्टनर अजम्बरी डटकमका तर्फबाट भूमिराज राई सञ्चार संयोजक छन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त