लण्डन । नेपाल-बेलायत सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएको उपलक्ष्यमा नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेले नेपाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई लक्षित गरी ‘सिएनएसयुके मोतीलाल मास्टर्स डिजरटेसन स्कुललरशीप’ नामक छात्रवृत्तिको स्थापना गरेको छ ।
यसबर्ष स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई नेपाल-बेलायत सम्बन्धमा प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने कुनै विषयमा गुणस्तरीय शोधपत्र तयार पार्न सघाउने उद्देश्यका साथ सो छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिमा बढीमा रू ५० हजारसम्म नगद प्रदान गरी केन्द्रका विशेषज्ञबाट शोध सुपरिवेक्षण गरिने र शोधमा आधारित प्राज्ञिक लेखलाई केन्द्रको वेबसाइट, जर्नल आदिमा प्रकाशन गर्न सहयोग गर्ने व्यहोरा केन्द्रले जनाएको छ ।
हाल सो छात्रवृत्तिको लागि आवेदन आव्हान गरिएको र यसको अन्तिम मिति यही अप्रिल १५ सम्म रहेको छात्रवृत्ति कार्यक्रमका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिए । उनले मोतीलाल स्मृति र बेलायतको नेपाली आप्रवासनको सन्दर्भ जोडेर निकट भविष्यमा बेलायतमा रहेका नेपाली युवाहरूलाई सहभागी गराउने गरी केन्द्रले एक कार्यक्रम गर्न लागेको पनि जनाएका छन् ।
यो छात्रवृत्ति बेलायतमा पहिलो नेपाली मोतीलाल सिंहको स्मृतिमा स्थापना गरिएकाे हो । सन् १८१४-१६ को नेपाल-अङ्ग्रेज (ब्रिटिश इष्ट इण्डिया कम्पनी) युद्धमा बीस वर्षको युवा उमेरमा नेपाली (गोर्खाली) सैन्यको रुपमा लडेका उनी पछि इष्ट इण्डिया कम्पनीले खडा गरेको ‘गोर्खा’ सैन्यमा भर्ति भइ काम गरेका थिए । त्यति नै बेला अङ्ग्रेजी भाषा सिकेका उनले बेलायत आएपछि धेरै वर्षसम्म कष्टकर जीवन बिताउनु परेको पत्ता लागेको छ । जङ्गबहादुरको भ्रमण टोलीसँग भेट भएपछि उनले अनौपचारिक दोभाषेको रुपमा मात्र काम गरेनन्, त्यतिबेला प्रख्यात मासिक ‘न्यू मन्थली म्यागजिन एण्ड ह्युमरिस्ट’ को जुलाई १८५० को अङ्कमा १८ पेज लामो ‘सम अकाउन्ट्स अभ् नेपाउलिज इन लण्डन’ नामक आलेख पनि छपाएका थिए, जुन हालसम्म थाहा भएको नेपालीको नामबाट छापिएको पहिलो अङ्ग्रेजी रचना हो ।
केन्द्रबाट २०१२ मा प्रकाशित ‘नेपाली इन युनाइटेड किङ्डम्स् : एन ओभरभ्यू’ को सम्पादनको क्रममा डा. कृष्ण अधिकारीले एक अनुसन्धानात्मक परिचयसहित मोतिलाल सिंहको उक्त लेखको अनुवाद गरी ‘बेलायतमा पहिलो नेपाली मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’ प्रकाशित गरेका थिए । केन्द्रले उक्त पुस्तकको विक्रीबाट मोतीलाल स्मृति कोष खडा गरी सो छात्रवृत्ति स्थापना गरेको हो । बेलायतमा रहेका पुग नपुग १ लाख नेपालीका लागि गौरव र प्रेरणाका स्रोत बहुआयामिक व्यक्तित्वका धनी मोतीलालले गरेको ऐतिहासिक योगदानको कदर स्वरुप उक्त छात्रवृत्ति स्थापना गरेको भएता पनि यसलाई निरन्तरता दिन आफूसँग स्रोत नरहेको केन्द्रले जनाएको छ । यसर्थ, एनआरएनए लगायत विभिन्न संघसंस्था, उद्यमी, व्यवसायी र सर्वसाधरणसँग केन्द्रले मोतीलाल स्मृतिकोष सहयोग गर्न अपिल समेत गरेको छ ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग