
लन्डन । भूपू गोर्खाहरुको आन्दोलनमा सहभागी हुने क्रममा हराइरहेका एक वृद्ध आइतबार भेटिएका छन् । लन्डन आसपासमै उनी सकुशल भेटिएको प्रदर्शन आयोजना गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सूर्य नेम्वांगले जानकारी दिए ।
बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजित विशाल प्रदर्शनका क्रममा सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गा प्रसाद राई गत शुक्रवारदेखि हराएका थिए । अल्डरसटबाट समूहमा लन्डन आएका उनी फर्कने बेला नभेटिएपछि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र परिवारले खोजी गरिदिन प्रहरीमा उजुरी गरेको थियो ।
उक्त प्रदर्शनमा बेलायतीसहित हजारौं भूपू गोर्खा सहभागी भएका थिए ।
भूपू गोर्खाहरु अप्रिल २४ सम्म आफ्ना माग सम्वोधन नगरिए रिले अनसन बस्ने योजनामा छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता