लण्डन । मगर संघ युकेकाे यही अप्रिल २ मा हुनगइरहेकाे पाँचाैँ महाधिवेसनबाट चुनिने नयाँ कार्यसमितिकाे नेतृत्वका लागि पाँच जनाले इच्छा देखाएका छन ।
निर्वाचन समितिले दिएकाे जानकारी अनुसार अध्यक्ष पदमा श्रीमती हिमानी राना मगर, नेम थापा मगर, सुनिल राना मगर, राजेन्द्र राना मगर र दलमान पुन मगरले उम्मेदवारी दिएका छन् । यस्तै बरिष्ठ उपाध्यक्ष पदमा नेत्र आले मगर र योग कुमार फगामी मगरले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा श्रीमती अनिता राना मगरकाे मात्र उम्मेदवारी परेकाे छ भने खुलातर्फका दुइ उपाध्यक्ष पदमा बम थापा सुर्यवंशी मगर, ईन्द्र पुन मगर, बिल पुर्जा मगर, श्रीमती सिता पुन मगर मैदानमा छन् । महासचिव पदमा भरत थापा मगर र लाल बहादुर पुन मगरले उम्मेदवारी दिएका छन । कोषाध्यक्ष पदमा कसैकाे उम्मेदवारी परेकाे छैन भने सचिव र सहकाेषाध्यक्ष पदमा बीर बहादुर घर्ती मगर र होम रोका मगरकाे मात्र उम्मेदवारी परेकाे छ ।
१२ जना सदस्यका लागि २३ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा टंक मगर, ओमबहादुर रोका मगर, सुश्री दिल रोका मगर, दीप राना मगर, लक्ष्मन राना मगर, तुल्सी राना मगर, अनिल थापा मगर, रुद्र थापा मगर, श्रीमती श्रद्धा तिलिजा मगर, श्रीमती शोभा थापा मगर, कर्ण मगर, धन कुमार बुढा मगर, दधीबन्धु घर्ती मगर, तुलचन्द्र तिलिजा मगर, रमेश कुमार दुरा मगर, दिलु बुढाथोकी मगर, श्रीमती दुर्गा पुन मगर, श्रीमती धन रोका मगर, मोहन आले मगर, बीर बहादुर पुन मगर, निर्मल श्रीश मगर र रमेश राना मगर छन् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग