बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०८:४३ | UK Time: 03:58

पत्रकार तिगेलालाई पितृशोक

वीनेपाली
२०७२ चैत १४ गते १०:३३
स्वर्गीय मिलबहादुर लिम्बु तिगेला

स्वर्गीय मिलबहादुर लिम्बु तिगेला

लण्डन । आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य विश्वासदीप तिगेलालाई पितृशोक परेको छ ।
तिगेलाका पिता मिलबहादुर तिगेला लिम्बुको ७७ वर्षको उमेरमा उपचारका क्रममा आइतबार बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
लिम्बुका श्रीमती, चार छोरा, तीन छोरी छन् ।
नेपाल पत्रकार महासंघ युके शाखाले आजै एक शोक वक्तब्य प्रकाशित गरी सदस्य तिगेला र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेको छ भने स्वर्गीय लिम्बुको आत्माको चिरशान्तिका लागि कामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक