शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: २३:४५ | UK Time: 19:00

आन्दोलनमा भाग लिन गएका भूपू गोर्खा वृद्ध वेपत्ता

वीनेपाली
२०७२ चैत १३ गते १६:१०
हिजोको प्रदर्शनका सहभागी

हिजोको प्रदर्शनका सहभागी

लन्डन । भूपू गोर्खाहरुले शुक्रबार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अल्डरसटबाट आएका एक वृद्ध हराएका छन् ।
सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गा प्रसाद राई लन्डन वेष्टमिनिष्टरबाट हराएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सूर्य नेम्वांगले जानकारी दिए । समितिकै आग्रहमा भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए ।
ति वृद्ध अल्डरसटबाट बस रिजर्भसहित आएको समूहमा थिए । पछि फर्कने क्रममा संख्या गन्दा उनी भेटिएनन् ।
नेम्वांगले उनी हराएपछि खोजी तीव्र पारिएको जनाउंदै परिवारले प्रहरीमा उजुरी गरेको समेत बताए ।

ति वृद्धका परिवार र सत्याग्रह समितिले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक