
लण्डन । नेपाल–बेलायतबीच सम्बन्ध स्थापना भएको २०० वर्षगाँठको अवसरमा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले यहाँ एक कार्यशालाको आयोजना गरेको छ ।
२३ मार्चमा स्कुल अफ अफ्रिकन एण्ड एसिया स्टडिज (सोआस) मा आयोजित सो कार्यशालामा नेपाल–बेलायत सम्बन्धका बारेमा विभिन्न सात शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएका थिए । ती कार्यपत्रहरुमाथि विस्तृत छलफल गरिएको थियो ।
पहिलो सत्रको अध्यक्षता फोरमका निवर्तमान अध्यक्ष प्रोफेसर माइकल हटले गरेका थिए । सो सत्रमा तीनवटा कार्यपत्र प्रस्तुत भएका थिए । जसमा टम बेलले ‘किनलाककाे काठमाडाैँ यात्रा के भयाे’, बर्नाडो माइकलले ‘राज्य र क्षेत्र : एक समस्या निदानकाे रूपमा अंग्रेज-गाेर्खा युद्ध’, चार्ल्स आलनले ‘याैन दुराचारी कुचीकार : बीएच हज्सन र नेपालमा हिन्दु तथा बेलायती-भारतीय कानुनकाे द्वन्द्व विषयमा कार्यपत्र पेश गरेका थिए । दोस्रो सत्रको अध्यक्षता प्रोफेसर डेभिड गेल्नरले गरेका थिए । सो सत्रमा कृष्ण अधिकारीले ‘बेलायतमा पहिलाे नेपाली: माेतिलाल सिंह र प्रधानमन्त्री जंगबहादुर’ र सञ्जिव उप्रेतीलेले ‘जंगबहादुर, चन्द्र शमसेर र गाेरखा सैन्य: बेलायती र नेपाली पुरूषत्वकाे प्रतिनिधित्व’ विषयमा कार्यपत्र पेश गरेका थिए ।
तेस्रो सत्रको अध्यक्षता डा. कृष्ण अधिकारीले गरेका थिए । सो सत्रमा ब्राइनी ह्वीटमासले ‘नारायणहिटी दरबारकाे परिकल्पनामा राजनीतिक अावद्धताकाे प्रत्याभूति’ तथा इयान हार्पर र जीवन शर्माले ‘अार्थिक सहायताकाे काेणबाट बेलायत-सम्बन्ध’ कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रको साँझमा इतिहासकार जोन ह्वेल्पटनले ‘राष्ट्रवादको सीमाः नेपाल र बेलायतमा राजनीतिक पहिचान’ विषयमा प्रवचन दिएका थिए ।
कार्यक्रमलाई अक्सफोर्ड विश्वविद्यालयको अल सोल्स कलेज, एकेडेमी र सोआस साउथ एसिया इन्स्टिच्यूटले सहयोग गरेका थिए । त्यसैगरी प्रस्तुत कार्यपत्रहरू समेटेर जाेन ह्वेल्पटनकाे सम्पादकत्वमा एक प्रतिष्ठित जर्नलमा विशेषांक वा स्थापित प्रकाशकद्वारा एक पुस्तक नै प्रकाशन गर्ने याेजना रहेकाे काउन्सिलका महासचिव डा. अधिकारीले जानकारी दिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान