लन्डन । प्रथम नौमती बाजा गुल्मी यूकेको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहको वार्षिक साधारणसभा गत १९ मार्च २०१६ का दिन फार्नबोरोमा सम्पन्न भएको हो ।
नेपालमा लोपोन्मुख मौलिक बाजाको संरक्षण र बेलायतमा नेपाली कला संस्कृति चिनाउने उद्देश्यले सन् २०१० मा बाजा समूह स्थापित भएको थियो ।
समूहका प्रमुख संयोजक ओमप्रसाद थापाको अध्यक्षतामा बसेको सभाको पहिलो चरणमा थापाले वार्षिक प्रतिवेदन पेश गरे । थापाले प्रस्तुत गरेको प्रतिवेदनमा यस वर्ष पनि नौमति बाजा समूह ब्रिटिश आर्मीमा गोर्खा भर्तीको २०० वर्षको ऐतिहासिक कार्यक्रमका साथै नेपाल कप फाइनलका दिन पहिलोपटक नौमती बाजा प्रस्तुत गर्न सफल भएको उल्लेख छ ।
थापाले समूहले विनाशकारी भूकम्पपछि च्यारिटी गरेर आर्थिक सहयोग प्रदान गरिएको पनि जनाए । सन् २०१० देखि नेपालको पर्यटन प्रवर्धनका निम्ति नेपाली दूतावाससंग सहकार्य गरि लन्डन मेला २०१५ मा मेन स्टेजमा पहिलो पर्फमेन्स गर्न सफल भएको पनि थापाले उल्लेख गरे ।
साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष पूर्ण बलालले प्रस्तुत गरे ।
कार्यक्रममा समूहका प्रमुख संयोजक ओमप्रसाद थापा गत जुन २०१५ मा ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्ष चुनिएकामा बधाई तथा शुभकामना दिइएको थियो ।
सोही सभाले वर्षभरि संकलित रकम गुल्मी जिल्ला समाज यूकेलाई दिएर समाजमार्फत नेपालका अपांगहरूका लागि प्रदान गर्ने निर्णय समेत गरेको छ ।
सभाले नौमती धुन बेलायतमा अझ कसरी प्रभावकारी र आकर्षक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो । नौमति धुनमा ओम बुराथोकीले अंग्रेजीसहित अन्य नेपाली धुनहरू जस्तै बांसुरी, सारंगी, मादल पनि राख्न गरेको प्रस्तावमा सहमति जनाउंदै समूहले सामूहिकरूपमा तालिम गर्ने निर्णय गरेको छ ।
साधारणसभाले सर्वसम्मत ओमप्रसाद थापालाई नै प्रमुख संयोजक नियुक्त गरेको छ । साथै यस वर्षबाट एक संयोजक पनि आवश्यक भएको ठहर गर्दै बीर बलाललाई संयोजक नियुक्त गरिएको छ ।
त्यसैगरि, कोषाध्यक्षमा पुनः पूर्ण बलाल, बाजा संरक्षक तथा मेन्टेनेन्स् संयोजकमा कुमार रानालाई सर्वसम्मत छनोट गरिएको छ ।
नवनियुक्त संयोजक बीर बलालले समूह भित्र अनुशासन र पोशाकमा बढि सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । उनले भोकल समूहका सदस्य क्या. रि. बीर थापा जस्तै एक लोकदोहोरी गायक र महिला नृत्यांगना पनि समावेश गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका महासचिव राम गलामी, कोषाध्यक्ष तोप पल्ली, सदस्य बीन भुजेलले सुझाव सल्लाह दिंदै सामूहिक एकतामा जोड दिएका थिए ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण