
लन्डन । बेलायती राजकुमार ह्यारी आगामी एक साता भूकम्पपीडितको सहयोगमा जुट्नु हुने भएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्वि–शतवार्षिकीको अवसरमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउनुभएका उहाँले आफ्नो औपचारिक भ्रमण पूरा गरेसँगै आगामी साता भूकम्प प्रभावित क्षेत्रमा सहायताका काममा साथ दिन लाग्नुभएको हो ।
“भूकम्पपीडितलाई सहयोग गर्ने बेलायतको परोपकारी संस्था टिम रुबिकन नेपाल परियोजनाका स्वयम्सेवकहरुसँग राजकुमार ह्यारीले भूकम्पबाट भत्किएका मध्य नेपालका दुर्गम पहाडी भेकका विद्यालयहरुको पुनःनिर्माणमा सहयोग गर्नुहुनेछ”– केन्स्ङिटन दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राससका अनुसार, राजकुमारको सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले आगामी छ दिन नेपालको निजी भ्रमणमा रहने र भूकम्पबाट प्रभावित विद्यालयहरुको पुनःनिर्माणमा सघाउने घोषणा गर्नुभयो ।
समारोहमा प्रधानन्याधीश कल्याण श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा नेपाल सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान