लन्डन । गोरखाली समाज यूकेको वार्षिक साधारण सभा यही ९ अप्रिल २०१६ का दिन हुने भएको छ । नयां कार्यसमिति चयन गरिने उक्त साधारणसभाबाट वर्तमान अध्यक्ष भरत रोकाले जिम्मेवारी छाड्ने बताएका छन् ।
समाजले फार्नबोरोमा हुने उक्त सभामा उपस्थित भइदिन गोरखा जिल्ला घरभई बेलायत बसोबास गर्ने सबै गोर्खालीलाई आग्रह गरेको छ ।
बिहान ११.३० देखि बेलुका ६ बजे सम्म
हुने सभामा नयां कार्यसमितिका सदस्यहरु, विघटित कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई प्रमाणपत्रसहित खादाले सम्मान गर्ने कार्यक्रम छ ।
उक्त अवसरमा समाजले भूकम्प पीडित वालवालिकाका लागि १५ लाख रुपैयांको अक्षय कोष जिल्ला प्रशासन कार्यालय, गोरखामा दर्ता भइसकेकोबारे जानकारी गराइने अध्यक्ष भरत रोकाले जानकारी दिए ।
समाजका पदाधिकारीबाट आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने बाहेक कार्यक्रमको अन्त्यमा नेपाली नयां वर्ष २०७३ रमझम समेत हुने जनाइएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार