लन्डन । बेलायत सरकारले भूकम्पबाट प्रभावित जिल्लामा शुद्ध पिउने पानी उपलव्ध गराउन थप ४.५ मिलियन पाउण्ड उपलव्ध गराउने घोषणा गरेको छ । विश्व पानी दिवसमा अवसरमा गोर्खा वेलफेयर ट्रष्टको ग्रामीण क्षेत्रमा पानी तथा सरसफाइ कार्यक्रमलाई उक्त रकम प्रदान गरिने डिएफआइडी (डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट) ले बुधवार जनाएको हो ।
ब्रिटिश गोर्खाहरुबाट सम्पन्न गरिने उक्त योजनाबाट भूकम्प प्रभावित ग्रामीण भेगका २२ हजार ५ सय गरिब पूर्व गोर्खा समुदाय लाभान्वित हुने अपेक्षा छ ।
उक्त रकमले एकसय २० वटा नयां पानी आपूर्ति प्रणाली निर्माण गरि २८५० घरधुरीमा पानी वितरण र ३५ विद्यालयमा शौचालय निर्माण गरिने जनाइएको छ ।
बेलायतले हालसम्म ४२ जिल्लामा ४६ हजार २९५ घरधुरीका तीन लाख ६ हजार ४९५ जनतालाई पिउनेपानी र सरसफाइका सामाग्री उपलव्ध गराइसकेको पनि जनाएको छ ।
यो रकमसंगै बेलायलते सन् २०१२ देखि २०२० सम्म नेपाललाई दिने सहयोग राशी १८ दशमलव ७ मिलियन पाउण्ड हुनेछ ।
डिएफआइडीले गत वर्षको विनाशकारी भूकम्पपछि खानेपानी आपूर्ति अझै सुचारु हुन नसकेको जनाउंदै ५५ लाख नेपाली शुद्ध खानेपानीबाट वञ्चित भएको जनाएको छ । उसले विज्ञप्तिमा एक करोड ६० लाख मानिस सरसफाइ सुविधाबाट वञ्चित भएको पनि
उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वानले भूकम्पपछि बेलायतले नेपाली जनतालाई तत्काल राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै बेलायत नेपालको पुनर्निर्माणमा कांधमा कांध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बेलायत नेपाल सम्वन्ध अरु मजवुत हुने आशा पनि व्यक्त गरे । इकान्तिपुर
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल