
लन्डन । लन्डनका एक जना सफल व्यवसायी रविजंग लामिछानेले नेपालमा ४० वालवालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने भएका छन् ।
उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउंदो शैक्षिक सत्र ०७३ देखि उत्कृष्ट निजी विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका र विस्थापित भएका, टुहुरा, आर्थिक रुपमा पिछडिएका, असहाय तथा जेहेन्दार तथा हिंसाको शिकार भएका एकल महिलाको वालवालिकाले आवेदन दिन सक्ने लामिछानेले जनाए ।
लामिछानेले आफ्नो बाबुको मार्ग निर्देशन र शिक्षाप्रतिको गहिरो लगावका कारण यसअघि व्यक्तिगत तर्फबाट वालवालिकालाई देशका विभिन्न विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्दै आएपनि अब संस्थागत रुपमा ट्रष्ट स्थापना गरि गृह जिल्ला पर्वतको तिलाहार, देउपुर, बाजुङ, रामजा, चित्रे गाविसहितका गाउंलाई केन्द्रित गरि उक्त छात्रवृत्ति वितरण गरिने जनाए ।
छात्रवृत्तिको आवेदन कक्षा ५, ६ र ७ का लागि हुने र छनोट गरिएका वालवालिकालाई उच्च शिक्षासम्म खर्च बेहोरिने जनाइएको छ ।
ट्रष्टले एक सूचना जारी गर्दै दरखास्त आव्हान गरेको छ ।

बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान