ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी ब्रसेल्स आतंककारीको निसानामा परेको छ । मंगलबार बिहानै कम्तीमा तीनवटा शक्तिशाली विष्फोट भएका छन् । ब्रसेल्सस्थित जाभेनटम विमानस्थलभित्र अमेरिकन एयरलाइन्सको चेक इन डेस्कमा मङ्गलबार बिहान करिब ८ बजे दुई शक्तिशाली विस्फोट हुंदा कम्तीमा ११ जनाको मृत्यु भएको र उक्त आत्मघाती आक्रमणमा ८१ जना घाइते भएको समाचार छ ।
त्यस लगत्तै इयू मुख्यालय नजिक मेलबीक मेट्रो रेल स्टेशनमा भएको विस्फोटमा २० जना मारिएका छन् ।
विमानस्थलको टर्मिनल भवनबाट धुंवा उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको दृश्य ब्रसेल्सका टेलिभिजनहरुले देखाएका छन् ।
विमानस्थलमा संटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको छ । पेरिस आक्रमणका मुख्य योजनाकार सलाह अब्डेस्लाम ब्रसेल्स्मा समातिएको चार दिनपछि घट्ना भएको हो ।
प्रहरी व्यापाक मात्रामा परिचालन गरिएको छ । सञ्चार माध्यमले शंकास्पद दुई जनालाई गिरफ्तार गरिएको जनाएका छन् ।
बेल्जियन प्रधानमन्त्री चार्ल्स मिसेलले आजको दिनलाई बेल्जियमको इतिहासमा कालो दिन भनेका छन् । उनले सबैलाई शान्त र संयमता अपनाउन पनि आग्रह गरेका छन् ।
घट्ना लगत्तै युरोपभर सुरक्षा सतर्कता बढाइएको छ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले घट्नाको निन्दा गर्दै बेल्जियम र जनताप्रति सहानुभूति प्रकट गरेका छन् । उनले युरोपको जहां घट्ना भएपनि एकसाथ रहनुपर्नेमा जोड समेत दिएका छन् ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ