ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी ब्रसेल्स आतंककारीको निसानामा परेको छ । मंगलबार बिहानै कम्तीमा तीनवटा शक्तिशाली विष्फोट भएका छन् । ब्रसेल्सस्थित जाभेनटम विमानस्थलभित्र अमेरिकन एयरलाइन्सको चेक इन डेस्कमा मङ्गलबार बिहान करिब ८ बजे दुई शक्तिशाली विस्फोट हुंदा कम्तीमा ११ जनाको मृत्यु भएको र उक्त आत्मघाती आक्रमणमा ८१ जना घाइते भएको समाचार छ ।
त्यस लगत्तै इयू मुख्यालय नजिक मेलबीक मेट्रो रेल स्टेशनमा भएको विस्फोटमा २० जना मारिएका छन् ।
विमानस्थलको टर्मिनल भवनबाट धुंवा उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको दृश्य ब्रसेल्सका टेलिभिजनहरुले देखाएका छन् ।
विमानस्थलमा संटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको छ । पेरिस आक्रमणका मुख्य योजनाकार सलाह अब्डेस्लाम ब्रसेल्स्मा समातिएको चार दिनपछि घट्ना भएको हो ।
प्रहरी व्यापाक मात्रामा परिचालन गरिएको छ । सञ्चार माध्यमले शंकास्पद दुई जनालाई गिरफ्तार गरिएको जनाएका छन् ।
बेल्जियन प्रधानमन्त्री चार्ल्स मिसेलले आजको दिनलाई बेल्जियमको इतिहासमा कालो दिन भनेका छन् । उनले सबैलाई शान्त र संयमता अपनाउन पनि आग्रह गरेका छन् ।
घट्ना लगत्तै युरोपभर सुरक्षा सतर्कता बढाइएको छ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले घट्नाको निन्दा गर्दै बेल्जियम र जनताप्रति सहानुभूति प्रकट गरेका छन् । उनले युरोपको जहां घट्ना भएपनि एकसाथ रहनुपर्नेमा जोड समेत दिएका छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह