बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १८:५९ | UK Time: 14:14

गणेश खड्काले लाइभ फेसबुक शो गर्ने

वीनेपाली
२०७२ चैत ८ गते १९:१०

Ganesh
लन्डन । लन्डनका एकजना सक्रिय विद्यार्थी अभियन्ता गणेश खड्काले लाइभ फेसबुक शो गर्ने भएका छन् । सामाजिक सञ्जालको सदुपयोग 
गर्दै उनले फेसबुकमार्फत पाक्षिक लाइभ अन्तरक्रिया गर्ने भएका हुन् ।

महिनाको दुई पटक आइतबार १ बजेबाट लाइभ प्रसारण हुनेछ । उक्त कार्यक्रममा सहभागिता जनाउन एवं हेर्न दर्शकहरुले गणेश खड्काको फेसबुक अकाउन्ट फलो गर्न सक्नेछन् ।

शो मनोरन्जनात्मक, ज्ञानवर्धक र प्रेरणादायी हुने दावी खड्काको छ । उनले पहिलो शोमा काउन्सिलर डा. बच्चु कैलाश कैनीलाई अतिथी डाकेका छन् । खड्काले उक्त शोमा बेलायतको नेपाली डायस्पोराका प्रभावशाली व्यक्तित्वलाई आमन्त्रण गरिने बताए ।

ग्लाइन्डर युनिभर्सिटीका पूर्व लन्डन क्याम्पस अफिसर खड्काले अन्तर्राष्टिय विद्यार्थीका मुद्दा उठाउंदै आएका छन् । उनको विद्यार्थी भिजा समस्यामा केन्द्रित बीबीसी अन्तर्वार्ता र प्रधानमन्त्री डेभिड क्यामरुनलाई संप्रेषित पत्र खुबै चर्चित भएको थियो ।

खड्काले गत नोभेम्बरमा नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गरिएको विशाल 
प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरेका थिए । हजारौं सहभागी उक्त प्रदर्शनले देश विदेशमा उल्लेख्य चर्चा बटुलेको थियो । हाल बीपीपी युनिभर्सिटीमा मास्टर अफ साइन्स प्रोजेक्ट म्यानेजमेन्ट अध्ययनरत उनले विद्यार्थीलाई एनआरएनमा समावेश नगरिएकामा रोष प्रकट गर्दै आवाज उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक