लण्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटस्थित किँग्स सेन्टर छिर्ने दुवैतर्फका बाटाहरुमा शनिबार साँझ मानिसका लामा लामा लाइन थिए । अरु बेला हलभित्रै रहने सेन्टरका स्टाफहरु लामवद्ध मानिसहरु र ओहोरहोदोर गर्ने गाडीहरुलाई संकेत गरिरहका देखिन्थे ।
यो भीडभाड त्यहाँ प्रदर्शन हुँदै गरेको ‘मेजर पेन्सन खाउली’ नामक नेपाली चलचित्र हेर्नका लागि थियो ।
हलभित्र पनि उस्तै खचाखच थियो । नेपाली चलचित्रका लागि युकेमा शायदै यस्तो भीड हुन्थ्यो । दर्शकहरुले करिडोरको सिँढीमा बसेर र उभिएरै पनि चलचित्र हेरे ।
चलचित्रका निर्माता दुतबहादुर पुनले भने, “हामीले ६÷७ सय दर्शक आउने आशा गरेका थियौँ । तर १ हजार ३०० जति आएपछि दुई सो गर्न बाध्य भयौँ ।”
दुतबहादुर पुन, जमुना पुन र गोरे गुरुङले निर्माण गरेको र गोरे गुरुङको निर्देशन रहेको सो चलचित्रमा बेलायत आएका पेन्सनर भूतपूर्व गोरखा सैनिकको जीवनकथा देखाइएको छ ।
दुतबहादुर पुनको कथा र गीत रहेको सो चलचित्रको पटकथा सम्वाद गोरे गुरुङले लेखेका छन् । चलचित्रमा गोरे गुरुङ, रन्जिता गुरुङ, कृष्ण गुरुङ, निशा गुरुङ, थमानसिंह आले, जीत गुरुङलगायतको अभिनय रहेको छ । शीलाबहादुर मोक्तान र बीबी अनुरागीले संगीत दिएका छन् भने खड्क गर्बुजा, मीना गर्बुजा, रामजी खाँड र विष्णु माझीको गीतमा श्वर दिएका छन् ।
युके र नेपालमा छायाँकन गरिएको सो चलचित्र निर्माणको खर्च उठ्ने विश्वास निर्माताले लिएका छन् । युकेका अन्य भाग र बेलायतबाहिर पनि चलचित्र प्रदर्शन गरिने जानकारी निर्माता पुनले दिए । दर्शकहरूकाे प्रतिक्रियाबाट हाैसिएका पुन फिल्ममा लगानी गरेकाेमा अात्मसन्तु्ष्टी मिलेकाे बताउँछन ।

एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति