वेलायतमा वातावरणीय साहित्य चिन्तन

image (1)
लण्डन । विश्व नेपाली साहित्य महासङ्घ र केन्ट कलमको संयुक्त आयोजनामा अर्थ आवर साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।
विदेशी भूमिमा रहेता पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघले यसपटक भने मार्च १९ सनिवार आश्फोडस्थित गोर्खा भान्साघरको सभा कक्षमा वातावरणीय साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको शुरुवातमा संस्थाका सदस्य सुरेन्द्र इङनामबाट सभा कक्षाको बारेमा स्वास्थ्य तथा सुरक्षा सूचनाका जानकारी गराइएको कार्यक्रममा वातावरणविद विजय हितानले वातावरणीय साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।  उक्त कार्यपत्रलाई गीतकार जानु काम्बाङ लिङ्देनले टिप्पणी गरेकी थिइन् ।
महासङघका अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ ,शाखा  बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर रहनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपाङगीमगरलाई   नेपाली ढाकाटोपी र खादा लगाई विशेष सम्मान गरिएको थियो । विदेशी भूमिमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउनुहुने गीतकार करिश्मा घमको “गुनासो” कविता संग्रहलाई पत्रकार जानुका राईले र जानु  काम्बाङ लिङ्देनको “शिविरमा ईश्वर”लाई साहित्यकार विजय हितानले समीक्षा गरेका थिए ।
औपचारीक रुपमा शुरुवात गरिएको कार्यक्रममा गीतकार करिश्मा घमले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको गोष्ठीलाई साहित्यकार जानुका राई र गीतकार सन्जिब पारदर्शी (डाइमण्ड लाहुरे)ले संयुक्त रुपमा संञ्चालन गरेका थिए ।
बेलायतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याइएको कार्यक्रममा अतिथिहरु मगर संघ केन्टका अध्यक्ष उत्तर मगर , औतारी साईला, फिप्रा काईला, खड्क गुरुङ, गीतकार थिर थापा, जानु काम्बाङ लिङ्देन,जनताको आवजाबाट रोशन राई, संङघीय डटकमका प्रधान सम्पादक सुरेन्द्र ईग्नाम लगायत साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गोष्ठीमा उपस्थित सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिच बिचमा मुक्तक, गित, कविता, गजलहरु बाचन गरिएको कार्यक्रममा बाँसुरीवादक सुरेन्द्र  इङनाम र जीवन प्रकाश राईले सारङगीको धुनमा मिठो गीत “ए कान्छा ठट्टैमा ,यो बैश जान लाग्यो” र गायक थिर थापाको ‘मलाई छोडी नजाउ, पाप तिमीलाई लाग्ला है’ प्रस्तुतले सभाहलको रौनक बढाएकाे थियाे  ।
 कार्यक्रमका सभापति तिगेलाले नेपाली साहित्यको बारेमा र विश्व नेपाली साहित्य महासङ्घ कसरी स्थापना भएको हो भन्नेमा प्रष्टाउँदै कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई धेरै धेरै धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री