लण्डन । नेपालमै मागी विवाहलाई प्रेम विवाहले विस्थापित गर्दै जाँदा युकेका नेपालीमा भने अझै मागी विवाह कायम छ ।
नेपाली सँस्कारको एक अंगका रुपमा रहेको मागी विवाहलाई बेलायतमा बस्दै आएका सुश्री प्रमिला सिंह कुँवर र प्रकाश थापाले निरन्तरता दिएका छन् ।
रानीपानी पर्वत पुख्र्यौली घर भएका कुँवर र पोखराका थापाबीच केन्टमा सो विवाह सम्पन्न भएको हो ।
विवाह हिन्दू परम्परा, रीतिअनुसार सम्पन्न भएको थियो । धौलागिरी नौमती बाजाले पञ्चै बाजा रन्काउँदा विवाहको रौनक अझै नेपालीमय बनेको थियो ।
विवाहमा उपस्थित श्याम राईले नेपालीबीचमा एक अर्काको रीतिरिवाजलाई बुझ्ने आपसी समझदारी र सम्मान हुनुपर्ने बताए । यसो भएमा मात्र सामाजिक सहिष्णुता कायम हुने उनले थपे ।
बेलायतको स्थानीय काउन्सिलमा उपमेयर रहेका डा. जगन्नाथ शर्माले नेपालीहरुले आफ्नो सँस्कृतिप्रति गौरव गर्नुपर्ने बताए । नेपालको साँस्कृतिक विविधतालाई सम्पत्ति मान्नपर्ने र एकले अर्काको सँस्कृतिप्रति सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
विवाहमा सरिक हुन दुलाका मातापिता र दुलहीका हजुरआमा नेपालबाट बेलायत आएका थिए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत