
लन्डन । अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत गरिबी र मानव विकास विभागले नेपालमा गरिबी पहिचानका लागि प्राविधिक सहयोग गर्ने भएको छ ।
सन् २००७ मा गरिब हुनुको बहुआयामिक पक्षका बारेमा उक्त विभागले सूचकाङ्क पद्धतिको विकास गरेसँगै विभिन्न मुलुकले यसलाई लागू गरिसकेका छन् । विभागले काठमाण्डूमा यहाँ पत्रकार सम्मेलन गरी नेपालले गरिबी पहिचानका लागि गर्ने कार्यक्रममा आफूहरुले प्राविधिक सहयोग गर्न तयार रहेको जानकारी दिएको हो ।
विभागका सल्लाहकार बिजन पन्तले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी नेपालमा रहेका गरिब र उनीहरुको पनि वर्गीकरण कसरी गर्ने भन्ने विषयमा तालिम दिनेलगायत प्राविधिक सहयोग गर्ने जानकारी दिए । उनले गरिबीको पनि विशेषता हुने र त्यो देशअनुसार फरक हुने बताउँदै भने – “गरिबी पहिचान गर्ने सूचकाङ्क एउटै हुँदा अमेरिकाका गरिब र नेपालजस्तो मुलुकका गरिबको अवस्था एउटै देखिन थाल्यो तर वास्तविकतामा त्यो हैन ।”
विश्वविद्यालयका प्राध्यापक सविना अल्कारेले भिन्न मुलुकका गरिबको वास्तविक अवस्थाबारे सही जानकारी हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेकाले सोहीअनुरुप उक्त पद्धतिलाई नेपालमा पनि लागू गराउन चाहेको बताए ।
तथ्याङ्क विभागले दिगो विकास कार्यक्रमका लागि गरिबी पहिचानको कार्यक्रम सुरु गरिसकेको र त्यसमा आवश्यक पर्ने प्राविधिक सहयोगका लागि आफूहरु तयार रहेको उहाँले जानकारी दिए । गरिबी पहिचान सूचकाङ्कका लागि विशेषगरी स्वास्थ्य, शिक्षा र जीवनस्तरका विभिन्न पक्षलाई समेटिन्छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग