
अक्सफोर्डले नेपालमा प्राविधिक सहयोग गर्ने
लन्डन । अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत गरिबी र मानव विकास विभागले नेपालमा गरिबी पहिचानका लागि प्राविधिक सहयोग गर्ने भएको छ ।
सन् २००७ मा गरिब हुनुको बहुआयामिक पक्षका बारेमा उक्त विभागले सूचकाङ्क पद्धतिको विकास गरेसँगै विभिन्न मुलुकले यसलाई लागू गरिसकेका छन् । विभागले काठमाण्डूमा यहाँ पत्रकार सम्मेलन गरी नेपालले गरिबी पहिचानका लागि गर्ने कार्यक्रममा आफूहरुले प्राविधिक सहयोग गर्न तयार रहेको जानकारी दिएको हो ।
विभागका सल्लाहकार बिजन पन्तले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी नेपालमा रहेका गरिब र उनीहरुको पनि वर्गीकरण कसरी गर्ने भन्ने विषयमा तालिम दिनेलगायत प्राविधिक सहयोग गर्ने जानकारी दिए । उनले गरिबीको पनि विशेषता हुने र त्यो देशअनुसार फरक हुने बताउँदै भने – “गरिबी पहिचान गर्ने सूचकाङ्क एउटै हुँदा अमेरिकाका गरिब र नेपालजस्तो मुलुकका गरिबको अवस्था एउटै देखिन थाल्यो तर वास्तविकतामा त्यो हैन ।”
विश्वविद्यालयका प्राध्यापक सविना अल्कारेले भिन्न मुलुकका गरिबको वास्तविक अवस्थाबारे सही जानकारी हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेकाले सोहीअनुरुप उक्त पद्धतिलाई नेपालमा पनि लागू गराउन चाहेको बताए ।
तथ्याङ्क विभागले दिगो विकास कार्यक्रमका लागि गरिबी पहिचानको कार्यक्रम सुरु गरिसकेको र त्यसमा आवश्यक पर्ने प्राविधिक सहयोगका लागि आफूहरु तयार रहेको उहाँले जानकारी दिए । गरिबी पहिचान सूचकाङ्कका लागि विशेषगरी स्वास्थ्य, शिक्षा र जीवनस्तरका विभिन्न पक्षलाई समेटिन्छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- मेक्सिकोका राष्ट्रपतिलाई कोभिड–१९ संक्रमण
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति