लन्डन । बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि ह्यारीले केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीसंग छलफलका क्रममा उक्त प्रतिज्ञा गरेका हुन् ।
ह्यारी उक्त च्यारिटीको संरक्षक हुन् । उक्त च्यारिटीले प्राकृतिक विपत्तिपछि आपतकालिन सहयोग र उद्दारमा सघाउने गर्छ ।
ह्यारीले म्याप एक्सनका प्रमुख कार्यकारी लिज ह्युजेज्, स्वयंसेवकहरु क्रिष्टी फर्नस्, वाइ मिङ लि, हिमनदी वीज्ञ ह्यामिस प्रिटचार्डसंग छलफल गरेका थिए । ह्यामिसले भूकम्प लगत्तै नेपाल गएर दि ब्रिटिश अन्टार्टिक सर्भेमार्फत स्वयंसेवा गरेका थिए । छलफलमा ह्यामिसले ह्यारीसंग भूकम्पछि काठमाण्डूका सडकमा डुलेर त्यहांको विनाश नजिकबाट भोगेको अनुभव सुनाएका थिए ।
अनौपचारिक पोशाक र बुटमा आएका ह्यारीलाई उक्त च्यारिटीका स्वयंसेवकले नेपालको बेलिविस्तार लगाएको डेली मेल अखवारले उल्लेख गरेको छ । उक्त च्यारिटीले मनसुन शुरु भएपछि पुनर्निर्माण सहज नहुने पनि अवगत गराएको छ ।
म्याप एक्सनले भूकम्प लगत्तै संकलन गरेको तथ्यांक टेबलमा राखेर देखाउंदा ह्यारी प्रभावित भएको समाचारमा उल्लेख छ । ‘मैले सुनेको छु भूकम्पले विमानस्थल चाहिं केही क्षति गरेनछ जुन चमत्कार नै हो’, ह्यारीले भनेका छन् ।
भूकम्पपछिको विनाशबारे सबै जानकार भएको उल्लेख गर्दै ३१ वर्षीय ह्यारीले भनेका छन्, ‘मलाई आशा छ मेरो भ्रमणले यस विषयलाई केन्द्रमा ल्याउने छ र मानिसहरुले अरु धेरै गर्न बांकी रहेको महशुस गर्नेछन् ।’
राजकुमार ह्यारीले यही मार्च १९ देखि २३ सम्म नेपाल भ्रमण गर्दैछन् । ह्यारीले भ्रमणका सिलसिलामा सकेसम्म धेरै नेपालीसंग साक्षात्कार गर्न चाहेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा ह्यारीको भ्रमणले आपसी सम्वन्ध अरु प्रगाढ हुने विश्वास गरिएको छ ।
ह्यारीले राष्ट्रपति देखि विभिन्न नेताहरुसंग भेटघाट, बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण, र्याफ्टिङ, पदयात्रा, पोखराको ब्रिटिश गोर्खा क्याम्प भ्रमण आदि गर्ने तय भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले बेलायती राजसंस्थाका प्रतिनिधिको यो भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिंदै राजकुमारलाई स्वागत गर्न व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताएका छन् ।
राससका अनुसार, सहायताको खोजी र सम्बन्ध सुदृढीकरणका निम्ति सन् १८५२ मा प्रधानमन्त्री जंगबहादुर राणाबाट प्रारम्भ भएको बेलायत भ्रमणले अद्यापि निरन्तरता पाइरहेको छ । सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारीले बेलायतको यात्रा गर्नुभएको थियो भने यसअवधिमा हालसम्म नेपालबाट ३५ वटा उच्चस्तरीय भ्रमण भएका छन् ।
महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुईपटक नेपालको भ्रमण भयो भने युवराज चार्ल्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका
छन् ।
गत वर्ष अगस्टमा अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री डेसमन्ड स्वायरले नेपालको भ्रमण गरेर आपसी मैत्रीलाई अझ मजबुत बनाएको विश्वास गरिन्छ । बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको ठानिएको छ । इकान्तिपुर
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ