लन्डन । बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि ह्यारीले केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीसंग छलफलका क्रममा उक्त प्रतिज्ञा गरेका हुन् ।
ह्यारी उक्त च्यारिटीको संरक्षक हुन् । उक्त च्यारिटीले प्राकृतिक विपत्तिपछि आपतकालिन सहयोग र उद्दारमा सघाउने गर्छ ।
ह्यारीले म्याप एक्सनका प्रमुख कार्यकारी लिज ह्युजेज्, स्वयंसेवकहरु क्रिष्टी फर्नस्, वाइ मिङ लि, हिमनदी वीज्ञ ह्यामिस प्रिटचार्डसंग छलफल गरेका थिए । ह्यामिसले भूकम्प लगत्तै नेपाल गएर दि ब्रिटिश अन्टार्टिक सर्भेमार्फत स्वयंसेवा गरेका थिए । छलफलमा ह्यामिसले ह्यारीसंग भूकम्पछि काठमाण्डूका सडकमा डुलेर त्यहांको विनाश नजिकबाट भोगेको अनुभव सुनाएका थिए ।
अनौपचारिक पोशाक र बुटमा आएका ह्यारीलाई उक्त च्यारिटीका स्वयंसेवकले नेपालको बेलिविस्तार लगाएको डेली मेल अखवारले उल्लेख गरेको छ । उक्त च्यारिटीले मनसुन शुरु भएपछि पुनर्निर्माण सहज नहुने पनि अवगत गराएको छ ।
म्याप एक्सनले भूकम्प लगत्तै संकलन गरेको तथ्यांक टेबलमा राखेर देखाउंदा ह्यारी प्रभावित भएको समाचारमा उल्लेख छ । ‘मैले सुनेको छु भूकम्पले विमानस्थल चाहिं केही क्षति गरेनछ जुन चमत्कार नै हो’, ह्यारीले भनेका छन् ।
भूकम्पपछिको विनाशबारे सबै जानकार भएको उल्लेख गर्दै ३१ वर्षीय ह्यारीले भनेका छन्, ‘मलाई आशा छ मेरो भ्रमणले यस विषयलाई केन्द्रमा ल्याउने छ र मानिसहरुले अरु धेरै गर्न बांकी रहेको महशुस गर्नेछन् ।’
राजकुमार ह्यारीले यही मार्च १९ देखि २३ सम्म नेपाल भ्रमण गर्दैछन् । ह्यारीले भ्रमणका सिलसिलामा सकेसम्म धेरै नेपालीसंग साक्षात्कार गर्न चाहेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा ह्यारीको भ्रमणले आपसी सम्वन्ध अरु प्रगाढ हुने विश्वास गरिएको छ ।
ह्यारीले राष्ट्रपति देखि विभिन्न नेताहरुसंग भेटघाट, बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण, र्याफ्टिङ, पदयात्रा, पोखराको ब्रिटिश गोर्खा क्याम्प भ्रमण आदि गर्ने तय भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले बेलायती राजसंस्थाका प्रतिनिधिको यो भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिंदै राजकुमारलाई स्वागत गर्न व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताएका छन् ।
राससका अनुसार, सहायताको खोजी र सम्बन्ध सुदृढीकरणका निम्ति सन् १८५२ मा प्रधानमन्त्री जंगबहादुर राणाबाट प्रारम्भ भएको बेलायत भ्रमणले अद्यापि निरन्तरता पाइरहेको छ । सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारीले बेलायतको यात्रा गर्नुभएको थियो भने यसअवधिमा हालसम्म नेपालबाट ३५ वटा उच्चस्तरीय भ्रमण भएका छन् ।
महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुईपटक नेपालको भ्रमण भयो भने युवराज चार्ल्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका
छन् ।
गत वर्ष अगस्टमा अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री डेसमन्ड स्वायरले नेपालको भ्रमण गरेर आपसी मैत्रीलाई अझ मजबुत बनाएको विश्वास गरिन्छ । बेलायतबाट हालसम्म भएका ३९ वटा यस्ता उच्चस्तरीय भ्रमणले आपसी समझदारी, साझेदारी र सहकार्यलाई सघन तुल्याउन मद्दत पुगेको ठानिएको छ । इकान्तिपुर
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान