शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १०:३६ | UK Time: 04:51

निराको गीतमा दीपक र विमला

वीनेपाली
२०७२ चैत २ गते १०:५९
दीपक थापा

दीपक थापा

लन्डन । बेलायतमा रहेकी गीतकार निरा पिजीको म त तिम्रो मान्छे बन्न सकिन… गीत निकै हिट भयो । यसले नेपालमा धेरै म्यूजिक अवार्ड समेत जित्यो । त्यसको सफलतापछि उत्साहित निराले अर्को गीत लेखेकी छिन् तिम्रो मेरो बाटो अब भयो भिन्न भिन्न…।

राजकुमार बगरको संगीतमा नरेन्द्र प्यासीले गाएको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लन्डनमै छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा दीपक थापा, विमला पुन र गोविन्द अर्मजाले अभिनय गरेका छन् । विमला आफैं गायिका पनि हुन् । भिडियो गोविन्द अर्मजाको निर्देशनमा बनेको हो ।

निरन्तर एल्बममा रहनेछ उक्त गीत ।

तल हेर्नुहोस भिडियो 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक