शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १६:३७ | UK Time: 10:52

मगर महिलाको अध्यक्षमा छविमाया

वीनेपाली
२०७२ चैत १ गते २३:०३

Magar Mahila

लण्डन । मगर महिला संघ युकेको अध्यक्षमा छविमाया पुनमगर निर्वाचित भएकी छिन् ।
आइतबार लण्डनमा सम्पन्न पहिलो अधिवेसनले उनको अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति चुनेको हो ।
वरिष्ठ उपाध्यक्षमा विष्णु श्रीशमगर, उपाध्यक्षमा इन्दिरा गलामीमगर, महासचिवमा सरला रानामगर, सचिवमा सीता पुनमगर, कोषाध्यक्षमा इन्दिरा दर्लामीमगर, सहकोषाध्यक्षमा निर्मला थापामगर, साँस्कृतिक सचिवमा शारदा पुनमगर, सदस्यहरुमा भीमा ढेँगामगर, पार्वती थापामगर, जमुना थापामगर, गंगा थापामगर, मनु पाइजामगर, करिश्मा घम, तिलसरा थापामगर, विष्णु थापामगर, भानु बुढाथोकीमगर, माइतीमाया थापामगर, चन्द्रा पुनमगर, देवीमाया पुनमगर र गंगा बलालमगर रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा हिमाली रानामगर, कमला थापामगर, देवी आलेमगर, कुन्ता थापामगर, शान्ति थापा कुँवर, भुमाया थापामगर, नरमती पुनमगर, शोभा रानामगर, गोमा रानामगर, हिमालक्ष्मी थापामगर, हरिकला रानामगर र अनिता रानामगर रहेका छन् ।
अधिवेसनको उद्घाटन आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष कमला थापाले गरेकी थिइन् । कार्यक्रमलाई मगर संघ युकेका उपाध्यक्ष नेम थापा, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगर, आदिवासी जनजाति महासंघका महासचिव कर्मा पहाडी शेर्पा, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापामगर, मगर महिला संघ केन्द्रीय समितिकी पूर्व उपाध्यक्ष खुमकुमारी थापामगगर, मगर महिला संघ कास्कीकी पूर्व अध्यक्ष भुमाया थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
हिमाली रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन विष्णु श्रीशले गरेकी थिइन् ।

chhabimaya pun

अध्यक्ष छविमाया पुनमगर

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक