लन्डन । भूपू गोर्खाहरुले बेलायती सांसद एवं ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष बीरेन्द्र शर्मासंग भेटेका छन् । आफ्नो निर्णायक आन्दोलनको ‘फाइनल रिमाइन्डर’ दिन नेपाल उड्नुअघि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका पदाधिकारीले शर्मालाई उनकै निवासमा भेटेका हुन् ।
भूपू गोर्खाहरुले आफ्ना समान हक अधिकार माग पुरा नगरिए अप्रिल तेश्रो सातादेखि पुनः आमरण अनसन गर्ने तयारी गरिरहेका छन् । यही सन्देश दिन नेपाल जानुअघि शर्मालाई भेटेका गोर्खाहरुले अबको लडाईं सशक्त हुने चेतावनी दिएका छन् । उनीहरुले सशक्त आन्दोलन थाल्नुअघि नेपाल सरकारका अधिकारीहरुसंग पनि यसबारे ब्रिफिङ गर्न लागेका हुन् ।
भेटमा सांसद शर्माले भूपू गोर्खाहरुका मागमा आफू सधैं सकारात्मक रहेको आश्वासन दिंदै सहयोग गर्ने वचन दिएको पत्रकार शिव भण्डारीले जानकारी दिए । उक्त भेटमा सत्याग्रह समितिका संयोजक कृष्ण राई, सोलिसिटर राजु थापा, डा. रामनारायण कन्दङ्वा लगायत थिए ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]