लन्डन । भूपू गोर्खाहरुले बेलायती सांसद एवं ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष बीरेन्द्र शर्मासंग भेटेका छन् । आफ्नो निर्णायक आन्दोलनको ‘फाइनल रिमाइन्डर’ दिन नेपाल उड्नुअघि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका पदाधिकारीले शर्मालाई उनकै निवासमा भेटेका हुन् ।
भूपू गोर्खाहरुले आफ्ना समान हक अधिकार माग पुरा नगरिए अप्रिल तेश्रो सातादेखि पुनः आमरण अनसन गर्ने तयारी गरिरहेका छन् । यही सन्देश दिन नेपाल जानुअघि शर्मालाई भेटेका गोर्खाहरुले अबको लडाईं सशक्त हुने चेतावनी दिएका छन् । उनीहरुले सशक्त आन्दोलन थाल्नुअघि नेपाल सरकारका अधिकारीहरुसंग पनि यसबारे ब्रिफिङ गर्न लागेका हुन् ।
भेटमा सांसद शर्माले भूपू गोर्खाहरुका मागमा आफू सधैं सकारात्मक रहेको आश्वासन दिंदै सहयोग गर्ने वचन दिएको पत्रकार शिव भण्डारीले जानकारी दिए । उक्त भेटमा सत्याग्रह समितिका संयोजक कृष्ण राई, सोलिसिटर राजु थापा, डा. रामनारायण कन्दङ्वा लगायत थिए ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग