
लन्डन । नेपालमा मानव अधिकार र शान्तिका लागि पहल गर्ने उद्देश्यले लन्डनमा नयां संस्थाको जन्म भएको छ ।
लन्डनस्थित चाल्टर्नमा आइतबार आयोजित भेलाले इन्टरनेशनल सोलिडारिटी फर नेपाल (नेपालका लागि अन्तर्राष्ट्रिय ऐक्यवद्धता) को तदर्थ समिति गठन गरिएको हो । उक्त भेलाले कृष्ण उपाध्यायको संयोजकत्वमा सह संयोजक बच्चु कैलाश कैनी, पुरुषोत्तम पौडेल तथा सदस्य सचिवमा दिनेश घिमिरे रहने गरि तदर्थ समिति गठन गरेको भेलामा सहभागी फोटो पत्रकार एभरेष्ट गौतमले जनाए ।
भेलाले विभिन्न विभाग जस्तै शिक्षा, स्वास्थ्य, वालवालिका, महिला, आर्थिक, युवा र सञ्चार संयोजकहरु समेत तोकेको जनाइएको छ ।
भेलामा संयोजक उपाध्याय, दिनेश घिमिरे, बच्चु कैलाश कैनी, विपिन निरौला, होम शर्मा, कैलाश नेपाल, मनिष श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम, श्रेय पौडेल, वालकुमारी राई लगायतले आ आफ्ना धारणा राखेका थिए ।
भेलाले ग्रीनविच घोषणा पत्र समेत जारी गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा