
लन्डन । गत वर्षको विनाशकारी भूकम्पले भत्केको स्कुल बनाउन बेलायतबाट एक करोड २५ लाख रुपैयां जोहो गरि पुनर्निर्माण शुरु भएको छ ।
भूकम्पले क्षतिग्रस्त गोरखा जौबारी ७ मा अवस्थित श्री परोपकारी आदर्श उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि बेलायतबाट नेपालीसहितका समाजसेवीले उक्त काम थालनी गरेका हुन् । ३५ कक्षा कोठा रहेको उक्त विद्यालयका ३१ कोठा काम नलाग्ने गरि भत्किएका छन् भने बांकी ४ वटामा पनि रातो स्टिकर छ ।
ओसन सर्भिस् स्टाफ सोलुसन कम्पनीका रवि थपलिया, प्रवीण भट्ट, भरत पटेल, सारा मिसेल, सुशिला मंगाभाइ, डेबी स्टर्न र इप्सस फाउण्डेशनको सहयोगमा विद्यालय बनाउने काम शुरु भइसकेको छ । यस प्रोजेक्टमा अमेरिकास्थित नेपालीको पनि साथ छ । गोर्खा वेलफेयर ट्रष्टमार्फत पुनर्निर्माण काम थालिएको थपलियाले जनाए ।
दशवटा कोठाको एउटा भवन, प्ले ग्राउण्ड, स्टाफ रुम र दुई शैचालय बनाउने योजना छ । यस अतिरिक्त नेपाली रेसिपीको किताब ‘कुक बुक’ बेचेर ३० हजार पाउण्ड संकलन गरि कम्प्युटर र अरु भौतिक संरचनामा सहयोग गर्ने योजना समेत उक्त समूहको छ ।
अहिले विद्यालय बनाउन तम्सिएको समूहले भूकम्प लगत्तै खाना बनाएर विक्री गरि करिब दुई हजार पाउण्ड संकलन गरेको थियो ।
थपलियाले आफैंले पढेको स्कुल क्षतविक्षत भएको भिडियो देखेपछि पुनर्निर्माणको सोच बनेको प्रष्ट्याए ।
करिब ५४० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा २३ शिक्षक शिक्षिका छन् ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन