
लन्डन । गत वर्षको विनाशकारी भूकम्पले भत्केको स्कुल बनाउन बेलायतबाट एक करोड २५ लाख रुपैयां जोहो गरि पुनर्निर्माण शुरु भएको छ ।
भूकम्पले क्षतिग्रस्त गोरखा जौबारी ७ मा अवस्थित श्री परोपकारी आदर्श उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि बेलायतबाट नेपालीसहितका समाजसेवीले उक्त काम थालनी गरेका हुन् । ३५ कक्षा कोठा रहेको उक्त विद्यालयका ३१ कोठा काम नलाग्ने गरि भत्किएका छन् भने बांकी ४ वटामा पनि रातो स्टिकर छ ।
ओसन सर्भिस् स्टाफ सोलुसन कम्पनीका रवि थपलिया, प्रवीण भट्ट, भरत पटेल, सारा मिसेल, सुशिला मंगाभाइ, डेबी स्टर्न र इप्सस फाउण्डेशनको सहयोगमा विद्यालय बनाउने काम शुरु भइसकेको छ । यस प्रोजेक्टमा अमेरिकास्थित नेपालीको पनि साथ छ । गोर्खा वेलफेयर ट्रष्टमार्फत पुनर्निर्माण काम थालिएको थपलियाले जनाए ।
दशवटा कोठाको एउटा भवन, प्ले ग्राउण्ड, स्टाफ रुम र दुई शैचालय बनाउने योजना छ । यस अतिरिक्त नेपाली रेसिपीको किताब ‘कुक बुक’ बेचेर ३० हजार पाउण्ड संकलन गरि कम्प्युटर र अरु भौतिक संरचनामा सहयोग गर्ने योजना समेत उक्त समूहको छ ।
अहिले विद्यालय बनाउन तम्सिएको समूहले भूकम्प लगत्तै खाना बनाएर विक्री गरि करिब दुई हजार पाउण्ड संकलन गरेको थियो ।
थपलियाले आफैंले पढेको स्कुल क्षतविक्षत भएको भिडियो देखेपछि पुनर्निर्माणको सोच बनेको प्रष्ट्याए ।
करिब ५४० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा २३ शिक्षक शिक्षिका छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता