लन्डन । बेलायत सरकारले भूकम्पपछि अति प्रभावित स्थानमा भ्रमण नगर्न आफ्ना नागरिकहरुमाथि लगाएको प्रतिवन्ध हटाएको छ ।
राजकुमार ह्यारीको नेपाल भ्रमण मिति तय भएसंगै यस्तो प्रतिवन्धमा खुकुलो गरिएको हो । ह्यारीले आगामी चैत ६ देखि १० सम्म पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपाल भ्रमणका क्रममा पाटन र भक्तपुरका ऐतिहासिक दरवार क्षेत्र, बर्दिया राष्ट्रिय निकुन्ज, हिमालय दृश्यावलोकन, जल तथा पदयात्रा आदि गर्ने जानकारी दरबारले दिइसकेको छ ।
बेलायतको विदेश मन्त्रालय (एफसीओ) ले आफ्नो ‘ट्राभल एड्भाइस’ मा गत वर्ष भूकम्पले क्षतिग्रस्त क्षेत्र, मनास्लु र लाङटाङ राष्ट्रिय निकुन्ज, केही ट्रेकिङ रुट क्षेत्रमा भ्रमण नगर्न यसअघि जारी गरेको सूचना परिवर्तन गरेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले यस्तो फुकुवाले नेपालको पर्यटनमा सकारात्मक सन्देश जाने आशा व्यक्त गरे । ‘हरेक बेलायती नागरिकले भ्रमणपूर्व मन्त्रालयको ‘ट्राभल एड्भाइस’ हेर्ने हुंदा यसले अब नेपाल सुरक्षित भएको सन्देश दिनेछ’, क्षेत्रीले भने ।
उसको सूचनामा सन् २०१३ मा करिब ४० हजार बेलायती नागरिकले नेपाल भ्रमण गरेको र तिनमा कुनै अवरोध नभएको पनि उल्लेख छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता