लन्डन । बेलायत सरकारले भूकम्पपछि अति प्रभावित स्थानमा भ्रमण नगर्न आफ्ना नागरिकहरुमाथि लगाएको प्रतिवन्ध हटाएको छ ।
राजकुमार ह्यारीको नेपाल भ्रमण मिति तय भएसंगै यस्तो प्रतिवन्धमा खुकुलो गरिएको हो । ह्यारीले आगामी चैत ६ देखि १० सम्म पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपाल भ्रमणका क्रममा पाटन र भक्तपुरका ऐतिहासिक दरवार क्षेत्र, बर्दिया राष्ट्रिय निकुन्ज, हिमालय दृश्यावलोकन, जल तथा पदयात्रा आदि गर्ने जानकारी दरबारले दिइसकेको छ ।
बेलायतको विदेश मन्त्रालय (एफसीओ) ले आफ्नो ‘ट्राभल एड्भाइस’ मा गत वर्ष भूकम्पले क्षतिग्रस्त क्षेत्र, मनास्लु र लाङटाङ राष्ट्रिय निकुन्ज, केही ट्रेकिङ रुट क्षेत्रमा भ्रमण नगर्न यसअघि जारी गरेको सूचना परिवर्तन गरेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले यस्तो फुकुवाले नेपालको पर्यटनमा सकारात्मक सन्देश जाने आशा व्यक्त गरे । ‘हरेक बेलायती नागरिकले भ्रमणपूर्व मन्त्रालयको ‘ट्राभल एड्भाइस’ हेर्ने हुंदा यसले अब नेपाल सुरक्षित भएको सन्देश दिनेछ’, क्षेत्रीले भने ।
उसको सूचनामा सन् २०१३ मा करिब ४० हजार बेलायती नागरिकले नेपाल भ्रमण गरेको र तिनमा कुनै अवरोध नभएको पनि उल्लेख छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान