लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार सांझ गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष मुछेत्र गुरुङले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता बिन्दु, महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल तथा नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित अध्यक्ष नरेश खपांगीमगरलाई खादाले सम्मान गरेका हुन् । उनले बेलायत शाखाका नवनिर्वाचित अन्य पदाधिकारीलाई समेत बधाई एवं शुभकामना दिए ।
मन्तव्यका क्रममा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले नेपालको समृद्धिका लागि एनआरएनहरुको ठूलो भूमिका रहेको उल्लेख गरे । उनले नेपाल कहिल्यै असफल राज्य नभएको प्रष्ट्याउंदै त्यहां विकासका सम्भावनाहरु अत्यधिक रहेको बताए । डा. विष्टले बेलायतवासी नेपाली पत्रकार र एनआरएनहरुले आफूले सिकेको सीप र ज्ञान नेपाल भित्र्याउन सके त्यसले देश अझ समृद्ध बन्न सक्ने धारणा राखेका थिए ।
कार्यक्रमका सभापति संघका अध्यक्ष मुछेत्र गुरुङले पत्रकारिता राज्यको चौंथो अंग भएको चर्चा गर्दै एनआरएन अभियानमा पत्रकारहरुले उल्लेख्य योगदान गरेको स्मरण गरे । उनले संघले भूकम्प लगायत नेपालको अन्य जटिल परिस्थितिमा अग्रसर भएर सहयोग गरेको समेत बताए ।
एनआरएनए यूके सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु, पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए यूकेकी महिला उपाध्यक्ष शान्ति थापा कुंवर लगायतले मन्तव्य दिएका थिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, उपाध्यक्ष ध्रुवराज अर्याल, महासचिव लिलामान शेरपुन्जा, सचिव शिव भण्डारी, कोषाध्यक्ष पूर्ण गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा तथा एनआरएनए यूके पदाधिकारीहरु प्रवक्ता खुशी लिम्बु, युवा संयोजक हरि आचार्य, एनआरएनए आइसीसी सदस्य विश्वासदीप तिगेला, पूर्व अध्यक्ष सूर्य गुरुङ, सल्लाहकार श्री लिम्बु, रमेश सराङकोटी लगायत सहभागी थिए ।
तस्विरः शिव भण्डारी
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग