
लन्डन । प्रवासी नेपाली मञ्च, बेलायतले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
लन्डन नर्थ ह्यारोस्थित सरस रेष्टुरेन्टमा कार्यक्रममा भएको हो । अलिक फरक देखिन्थ्यो कार्यक्रमको प्रारुप । वक्ताहरु वहुसंख्यक महिला थिए । ब्याच र खादा प्रवृत्ति यहां देखिएन् ।
कार्यक्रमकी संयोजक सरस्वती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य वक्ता नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले नयां संविधानमा महिला हक अधिकारबारे प्रकाश पारिन् । उनले वि.स. २००४ देखि २०७२ सम्म आइपुग्दा ६ पटक संविधान लेखिएको उल्लेख गर्दै ०६३ को अन्तरिम संविधानले सुनिश्चित गरेको महिलाको समानुपातिक सहभागिता नयां संविधानले पनि कायमै राखेको जनाइन् । उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु सुःखद भएको पनि बताइन् । पैत्रिक सम्पतिमा महिला पुरुष समान हक, गैर आवासीय नेपालीलाई नागरिकता आदि नयां संविधानका उपलव्धि भएको बिन्दुको धारणा थियो ।
प्रतिमा केसीले सञ्चालन गरेको कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महिला अधिकारको संवैधानिक कानुनी व्यवस्था नयां संविधानमा भएको स्मरण गर्दै महिलाहरु आफूलाई पनि स्वावलम्बी बन्न सुझाव दिए ।
प्रवासी नेपाली मञ्च, बेलायतका अध्यक्ष रामशरण सिम्खडाले नेपालमा ९९ वर्षअघि नै महिला उन्मुक्तिका लागि योगमायाले आन्दोलन गरेको स्मरण गर्दै अमुर्त महिला हिंसा अन्त्य नभएसम्म दिवस मनाएर मात्र सार्थकता नहुने जनाए ।
कार्यक्रममा एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवर, पत्रकार विमला सेने, राधा भट्राई, इन्दिरा बस्याल, राजेन्द्र पुडासैनी, स्मिता आत्रेय लगायतले नारी दिवसबारे बोलेका थिए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता