लन्डन । बेलायतमा रहेका नायक ध्रुव दत्तले अभिनय गरेको फिल्मको गीत सार्वजनिक गरिएको छ । चैत्र १२ लाई प्रदर्शन मिति तोकिएको फिल्म आवेगको नयां गीत रिलिज भएको हो । प्रचारलाई गति दिन निर्माण टिमले आइतबार नयां गीत सार्वजनिक गरेको दत्तले जनाएका छन् ।
सार्वजनिक भएको चाहे झुटो कसम… बोलको गीतमा नायक ध्रुव दत्त र अभिनेत्री पवित्रा आचार्य फिचरिङमा छन् । बसन्त निरौला निर्देशित फिल्मको सार्वजनिक गीतमा संगीत धिरज श्रेष्ठको छ भने कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा लगानी भने झमक नारायण घिमिरे, धनसिंह केसी र राजेश्वर श्रेष्ठको छ ।
अष्ट महर्जनको द्वन्द्व समावेश फिल्म किरण माईकलको कथामा तयार भएको हो । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । फिल्ममा पवित्रा र ध्रुबसंगै आर्यन सिग्देल, रमेश बुढाथोकी लगायत लिड रोलमा छन् ।
दत्तले अभिनय गरेको तीन घुम्ती बेलायतका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=skV4sGKVz-0
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान