लन्डन । बेलायतमा सयौं नेपाली संस्थाको भीडमा अर्को नयां संस्था गठनको तयारी अन्तिममा छ । इन्टरनेशनल सोलिडारिटी फर नेपाल नाम दिइएको उक्त संस्थाको औपचारिक उद्घाटन यही आइतबार चाल्टर्न एसेम्ली रुम, चाल्टर्न भिलेजमा हुन लागेको कार्यक्रम संयोजन गरिरहेका दिनेश घिमिरेले जनाए । उनी प्रवासी नेपाली मञ्च, बेलायतका पूर्व अध्यक्ष हुन् ।
उनका अनुसार संस्थाको संयोजकमा मानवअधिकारकर्मी कृष्ण उपाध्याय रहने छन् । ‘बेलायती समाजका प्राज्ञिक, अगुवा एवं सामाजिक अभियन्ता संस्थामा अट्नेछन्’, घिमिरेले संक्षिप्त जानकारी दिंदै भने, ‘नेपालका सीमान्तकृतहरुको आवाज विश्वभर रहेको नेपाली डायस्पोरा समक्ष पुर्याउन यसलाई अभियानकै रुपमा लैजाने सोच छ ।’
बेलायतमा नयां संस्था गठन नौलो होइन । कसैलाई पद चाहिए संस्था खुलिहाल्छ र खोल्न अन्य काम जस्तो असहज पनि छैन् । तर, जन्मन लागेको इन्टरनेशनल सोलिडारिटी फर नेपाल नामक चाहिं कसरी मिसनमा सफल हुन्छ, भविष्यले नै देखाउला ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा