लन्डन । सकारात्मक नकारात्मक दुवै प्रभाव छ सामाजिक सञ्जाल फेसबुकको । कतिपयले यसको दुरुपयोग गरेपनि समाज रुपान्तरणमा फेसबुक एउटा सशक्त माध्यम बनेको छ । फेसबुककै माध्यमबाट विपत्तिमा उल्लेख्य सहयोग जुटेका छन् । बेपत्ता मानिस भेटिनुदेखि अन्य सामाजिक काममा समेत यसको प्रभाव बढ्दो छ अहिले ।
फेसबुकलाई सही सदुपयोग गरिरहने मध्ये पर्छिन् समाजसेवी इशा गुरुङ पनि । एनआरएनए यूके महिला फोरमकी सहसंयोजक गुरुङले पछिल्लो पटक चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ २५२५ पाउण्ड २५ पेन्स संकलन गरेर हस्तान्तरण गरेकी छिन् । गत शनिवार किङ्स सेन्टरमा फोरमले आयोजना गरेको च्यारिटी कार्यक्रममा इशाले उक्त रकम प्रदान गरेकी हुन् । फेसबुक अपिलबाटै सहयोग रकम संकलन गर्न उनलाई उत्प्रेरणा मिलेको थियो ।
उनको सहयोग यो पहिलो भने होइन । पूर्व सभासद शान्ता चौधरीलाई २ लाख ६२ हजार उपचार सहयोग, चेपाङ महिलाका लागि ३ लाख रुपैयां, शान्ताबाट संरक्षित बालबालिकाको लागि स्कुल पोशाक, झोला, किताब कापी सहयोग, ताप्लेजुङ आगलागिका लागि एक लाख रुपैयां सहयोग जुटाउन पनि उनी अग्रसर भइन् । उनले ति सहयोग प्रवासी नेपाली मञ्च यूकेमार्फत गरेकी थिइन् ।
यसबाहेक उनले हेल्प नेपाल, दिक्षा चापागाईंको संस्था पवित्र समाज सेवा नेपाल, अनाथ बालबालिकाको लागि सानो घर, चितवन आदिमा ३१ लाख रुपैयां सहयोग गरिसकेकी छन् ।
‘समाजसेवा गरेर गुमाउनु केही छैन्’, इशा भन्छिन्, ‘एकपटकको जिन्दगीमा थोरै सहयोग गरे त्यो जस्तो धर्म अरु केही हुन्न ।’ तर, खराव मानिसहरुको नजरमा जति नै परोपकारी काम गरे पनि तिनले सकारात्मक नदेख्ने गर्दा उनी खिन्न छन् ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ