लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गत ५ मार्च तारिखका दिन एक च्यारिटी कार्यक्रम गरेको छ ।
चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ किङस् सेन्टर अल्डरसटमा आयोजित कार्यक्रमबाट ५ हजार पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन भएको एनआरएनए यूके महिला संयोजक सुशीला राईले जनाइन् । उक्त च्यारिटीमा महिला फोरमकी सहसंयोजक इशा गुरुङले २५२५ पाउण्ड २५ पेन्स, एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवरले ८२५ पाउण्ड २५ पेन्स संकलन गरि प्रदान गरे । साथै महिला संयोजक राई, अन्य प्रायोजक र दाताहरुबाट रकम संकलन गरिएको थियो ।
प्रसुना कंडेल र निया देवानले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नारी दिवसको शुभकामना दिए भने विशेष अतिथी एनआरएनए अन्तर्राष्ट्रिय परिषदकी महिला सह संयोजक रजनी प्रधानले एनआरएनए अभियानमा महिलाको सहभागिता र परोपकारी कार्यबारे मन्तव्य दिइन् ।
कार्यक्रममा नेपलिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. बिना थेवेले बेलायतमा नेपाली महिलाहरुको अवस्था र चुनौतीबारे प्रकाश पारेकी थिइन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, उपाध्यक्ष अनिता बिन्दु, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त अवसरमा फोरमका सहसंयोजकद्वय इशा गुरुङ र प्रतिमा केसीले क्रमशः स्वागत र धन्यवाद मन्तव्य दिएका थिए ।
एनआरएनए यूके सदस्य छवी पुनले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक प्रस्तुति भएको थियो । कार्यक्रममा एनआरएनए आइसीसी सदस्यहरु संगीता मरहट्ठा, सुष्मा राई, एनआरएनए यूके पूर्व अध्यक्षहरु रि. मेजर डमर घले र सूर्य गुरुङ, नेपाल पत्रकार महासंघ महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा लगायत सयौंको उपस्थिति थियो । कार्यक्रममा चेतना समूह नेपालका वालवालिकाको संक्षिप्त भिडियो शान्तिको खोजी समेत देखाइएको थियो ।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने