लन्डन (बेलायत), २३ फागुन । बेलायतको युरोपेली युनियन (ईयू) को सदस्यता कायम रहे वा नरहे पनि युरो एक जटिल समस्याका रुपमा रहिरहने आइतबार एक कार्यक्रमबीच बेलायतका बैंकका पूर्व–गभर्नरले बताएका छन् ।
पूर्वगभर्नर मार्भिन किङ्गले भन्नुभयो, बेलायतले युरो प्रयोग नगरे पनि हामी यसको असरबाट प्रभावित रहने छौँ । उहाँले भन्नुभयो, युरोले यदि भीषण दुर्घटना नै ननिम्त्याए पनि यो एउटा गम्भीर समस्या भइरहने छ ।
एक अन्तर्राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका अवसरमा के बेलायतले ईयूबाट बाहिरिन्छ त भन्ने प्रश्नमा भन्नुभयो, मैले तपाईलाई यो निचोड निकाल्नुस भन्न सक्दिन । तर बेलायत युरो सदस्य रहे पनि वा नरहे पनि युरोपेली क्षेत्रका राष्ट्रसँग निकट सम्बन्ध कायम राखिरहने छ किनकी युरो क्षेत्र हाम्रो सबैभन्दा ठूलो व्यावसायिक सहयोगी हो, उहाँले थप्नुभयो ।
युरो क्षेत्रका २८ राष्ट्रमध्ये १९ ले अहिले युरोलाई स्वीकार गरिसकेका छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता