
लन्डन । इष्ट लन्डन नेपाली महिला कमिटीले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । रत्न आश्रमकी संस्थापक अध्यक्ष मन आले सुनुवारको प्रमुख आतिथ्य एवं कमिटीकी अध्यक्ष ललिता चोङ्गबाङ्ग लिम्बुको अध्यक्षतामा डेगेंनहाम स्थित साझा चुल्हामा कार्यक्रम भएको हो ।
नेपालीहरुको न्यून जनघनत्व भएको पूर्वी लण्डन बसोबास गर्ने बिभिन्न पेशासंग आवद्ध करिव ४ दर्जन दिदी बहिनीहरुको जमघटमा कार्यक्रम भयो । कार्यक्रमकी प्रमुख अतिथि मन आले सुनुवार एवं विशेष अतिथी इष्ट लन्डन नेपाली (गोर्खा) कम्युनिटीका उपाध्यक्ष मिमकाजी साथै महिला कमिटीकी अध्यक्ष ललिता चोङ्गबाङ्ग लिम्बुद्वारा संयुक्त रुपमा दीप प्रज्वलन गरेर ‘१०६ औं अन्तर्राष्ट्रिय नारी दिवस’ उद्घाटन गरिएको थियो ।
संसारभर आर्थिक, सामाजिक, राजनैतिक एवं सांस्कृतिक क्षेत्रमा संघर्ष खेपेका महिलाहरुको सम्झना र उनीहरुले प्राप्त गरेको सफलताको सम्मानमा नारी दिवस गरिंदै आएको छ ।
सो अवसरमा इष्ट लन्डन नेपाली महिला कमिटीले मन आले सुनुवारको परोपकारी कार्यको सम्मान गर्दै यसबाट अरुलाई पनि प्रेरणा मिलोस् भन्ने कामना सहित करिव ५०० पाउण्ड प्रदान गर्यो । आलेले आफ्नै खर्चमा नेपालमा वृद्धहरुका लागि रत्न आश्रम सञ्चालन गरिरहेकी छन् । महिलाका लागि महिलाहरु कार्यक्रम संयोजक लाराको सक्रियतामा सहयोग रकम जुटाइएको हो ।
रकम पाएपछि भावुक हुंदै आश्रमकी संस्थापक अध्यक्ष सुनुवारले ढिलो चांडो आफूले गरेको कामको कदर भएको बताइन् । उनले एउटी साधारण महिलाको संघर्षलाई सम्झेर महत्व दिंदा आफूलाई थप उर्जा मिलेको बताइन् ।
कार्यक्रममा बोल्दै विशेष अतिथि मिमकाजी गुरुङले भनिन् – ‘महिलाहरुको हकहित, संघर्ष र सफलताका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउंदै आइरहेको सन्दर्भमा इष्ट लन्डन महिला कमिटीको प्रेरणादायी कदमले यस दिवसको थप सार्थकता भएको छ ।’
गत वर्ष जुन २०१५ मा स्थापित उक्त महिला कमिटीले कार्यकमलाई भाषण भन्दा पनि जानकारीमुलक एवं मनोरन्जनात्मक बनाउन दिवस सम्बन्धि केहि जानकारी तथा राफल चिट्ठा राखेको थियो । राफलका लागि ललिता चोङ्गबाङ्ग, गङ्गा राई, सिमा गुरुङ, साङ्गे लामा गुरुङ, बबिता चोङ्गबाङ्ग, हर्कमाया साथै लक्ष्मी राईले पुरष्कार प्रायोजन गरेका थिए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत