
वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवा राजधानीको राष्ट्रिय सभागृहमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान गर्न पुगेका मतदाता र कार्यकर्तासँग भेटघाट गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाण्डौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवाले बहुमत (५० प्रतिशत भन्दा बढि मत) ल्याउन नसकेपछि सोमबार पुनः दोस्रोपटक चुनाव हुने भएको छ ।
११ मत मात्र नपुग्दा देउवाले जित हासिल गर्न सकेनन् । उनले १५ सय ६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याए । ३ सय २४ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका महामन्त्री कृष्ण सिटौला प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।
कांग्रेसको विधानमा सभापति पदमा ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान छ ।
मत गणनामा एक सय मत बदर भएको जनाइएको छ ।
देउवा १० औं र १२ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]