
वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवा राजधानीको राष्ट्रिय सभागृहमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान गर्न पुगेका मतदाता र कार्यकर्तासँग भेटघाट गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाण्डौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवाले बहुमत (५० प्रतिशत भन्दा बढि मत) ल्याउन नसकेपछि सोमबार पुनः दोस्रोपटक चुनाव हुने भएको छ ।
११ मत मात्र नपुग्दा देउवाले जित हासिल गर्न सकेनन् । उनले १५ सय ६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याए । ३ सय २४ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका महामन्त्री कृष्ण सिटौला प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।
कांग्रेसको विधानमा सभापति पदमा ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान छ ।
मत गणनामा एक सय मत बदर भएको जनाइएको छ ।
देउवा १० औं र १२ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार