ब्रिटेनस्थित एकजना व्यवसायी राजु आचार्यले श्रीमती सुमीत्रा आचार्यसंग दाम्पत्य जीवनको ३० वर्ष पुरा भएको अवसरमा भोजभतेर गर्नुको सट्टा विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सघाएका छन्।
आचार्यले पूर्वी चितवनको खैरहनी न.पा.-९ करैयास्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा अध्ययनरत चेपांग बालबालिकाको पठन-पाठनकालागि रु ५३,०००.००(त्रिपन्न हजार ) सहयोग गरेका छन्। त्यसैगरी चितवन लोथर ८ स्थित सार्लिङका ९२ वर्षीय दृष्टिविहीन दमबहादुर चेपाङ र ९५ बषी॔य दृष्टिविहीन श्रीमती साउनीमायाको भूकम्पका कारण घर भत्काए पछि उनीहरूलाई एउटा घर निमा॔ण गन॔ लण्डनमा रहेका कृष्णप्रसाद शर्माले चलाएको आथि॔क संकलन अभियानमा रु ५१०००.००( एकाउन्न हजार) सहयोग गरेका छन्। त्यस्तै द्वन्द्वकालमा माओवादीको गोली प्रहारबाट अपाङ्ग भै अहिले पनि टाउकोमा गोली लागेर बाँचिरहेका बर्दियाका कृष्णराज योगीकी छोरी हितुलाई नर्सिङ पढाइमा सघाउन रु. ५१०००.०० (एकाउन्न हजार) सहयोग गरेका छन्।
सामाजिक काममा सँधै अघि सर्ने आचार्यले यस अघि हेल्प नेपाल नेटवर्कले थालेको दश करोड रुपियाँको अक्षयकोष स्थापना गर्ने अभियान लगायत अरु कैयौं कल्याणकारी कामहरुलाई सघाउँदै आएका छन्।
“धन भन्दा मन ठूलो हो भन्ने कुरामा म विश्वास राख्छु। मरेर जाँदा कसैले केही लिएर जाँदो रहेनछ। त्यसैले जन्मभूमि नेपालमा अवसरबाट वन्चित र पीडित दाजुभाइ दिदीबहिनीहरुलाई आफुले सकेको सहयोग गर्न पाएकोमा मलाई साह्रै खुसी लागेको छ,” उनले भने।
गएकोएक दशकदेखि काठमाडौं प्यालेस रेष्टुरेण्ट सन्चालन गरिरहेका आचार्य श्रीमती, एक छोरा र दुई छोरीका साथ ब्रिटेनको कर्नवाल टुरोमा बसोबास गर्दछन्।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त