ब्रिटेनस्थित एकजना व्यवसायी राजु आचार्यले श्रीमती सुमीत्रा आचार्यसंग दाम्पत्य जीवनको ३० वर्ष पुरा भएको अवसरमा भोजभतेर गर्नुको सट्टा विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सघाएका छन्।
आचार्यले पूर्वी चितवनको खैरहनी न.पा.-९ करैयास्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा अध्ययनरत चेपांग बालबालिकाको पठन-पाठनकालागि रु ५३,०००.००(त्रिपन्न हजार ) सहयोग गरेका छन्। त्यसैगरी चितवन लोथर ८ स्थित सार्लिङका ९२ वर्षीय दृष्टिविहीन दमबहादुर चेपाङ र ९५ बषी॔य दृष्टिविहीन श्रीमती साउनीमायाको भूकम्पका कारण घर भत्काए पछि उनीहरूलाई एउटा घर निमा॔ण गन॔ लण्डनमा रहेका कृष्णप्रसाद शर्माले चलाएको आथि॔क संकलन अभियानमा रु ५१०००.००( एकाउन्न हजार) सहयोग गरेका छन्। त्यस्तै द्वन्द्वकालमा माओवादीको गोली प्रहारबाट अपाङ्ग भै अहिले पनि टाउकोमा गोली लागेर बाँचिरहेका बर्दियाका कृष्णराज योगीकी छोरी हितुलाई नर्सिङ पढाइमा सघाउन रु. ५१०००.०० (एकाउन्न हजार) सहयोग गरेका छन्।
सामाजिक काममा सँधै अघि सर्ने आचार्यले यस अघि हेल्प नेपाल नेटवर्कले थालेको दश करोड रुपियाँको अक्षयकोष स्थापना गर्ने अभियान लगायत अरु कैयौं कल्याणकारी कामहरुलाई सघाउँदै आएका छन्।
“धन भन्दा मन ठूलो हो भन्ने कुरामा म विश्वास राख्छु। मरेर जाँदा कसैले केही लिएर जाँदो रहेनछ। त्यसैले जन्मभूमि नेपालमा अवसरबाट वन्चित र पीडित दाजुभाइ दिदीबहिनीहरुलाई आफुले सकेको सहयोग गर्न पाएकोमा मलाई साह्रै खुसी लागेको छ,” उनले भने।
गएकोएक दशकदेखि काठमाडौं प्यालेस रेष्टुरेण्ट सन्चालन गरिरहेका आचार्य श्रीमती, एक छोरा र दुई छोरीका साथ ब्रिटेनको कर्नवाल टुरोमा बसोबास गर्दछन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा