पत्रकार छाङ्छालाई फाेनिज युकेकाे सम्मान र चौधरीलाई पुरस्कार

fonij-uk-award-2016
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेले नेपालका अग्रज पत्रकार जय छाङछालाई अादिवासी जनजाति पत्रकारिता सम्मान र बुटवलका पत्रकार रामविकास चाैधरीलाई अादिवासी जनजाति पत्रकारिता पुरस्कार दिने भएको छ ।
फोनिज युकेकाे शनिबार अल्डरसटमा बसेकाे बैठकले साे सम्मान र पुरस्कारकाे घोषणा गरेकाे हाे ।
पत्रकार छाङ्छाले वि.स. २०३५ बाट ‘धर्म निरपेक्षता, जातिय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर ‘छहरा’ नामक साप्ताहिक पत्रिका प्रकाशन गर्दै अाएका छन् । समाजको चेतनामा पुर्याएको योगदानवापत पत्रकार गोपाल छाङ्छालाई यस बर्षको सम्मान र जारी मधेश आन्दोलनमा ६२ जनाले शहादत प्राप्त गरेको आन्दोलनमाथि राज्यको क्रुर दमन र जनताको आवाजलाई निष्पक्ष सम्प्रेषण गरेवापत भैरहवा साप्ताहिकका सम्पादक तथा स्वतन्त्र पत्रकार रामविकास चौधरीलाई पुरस्कार प्रदान गरिएकाे हाे ।
सम्मान र पुरस्कारकाे राशी १५/१५ हजार रूपियाँ राशी र प्रमाण पत्र रहेकाे छ ।
नेपालबाट युके आएका नेपाल पत्रकार महासङ्घ नेपालका केन्द्रीय महासचिव तथा फाेनिज युकेका उजीर मगरलाई फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेलाले खादा र सम्मानपत्रले स्वागत गर्नुभयो । त्यस्तैगरी युकेमै पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी सुश्री शिला लिम्बुले युकेको पत्रकारिता सम्बन्धमा जानकारी गराउनु भएकाे थियाे ।
यस्तै, प्रत्येक वर्ष प्रदान गरिने फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मानको लागि वरिष्ठ पत्रकार तथा रेडियो विजिडब्लुएसका निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले ५ वर्षको लागि प्रायोजन गर्नेहुने सहमति पत्रमा पनि हस्ताक्षर भयो । बैठकलाई महासचिव प्रमिला लाबुङ राईले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री