शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: २१:३७ | UK Time: 16:52

गायक राजेश पायलको गुनासोः मन मिल्ने पाउनै सकिन

वीनेपाली
२०७२ फागुन १७ गते २०:५९

image

लन्डन । नेपाली गायनका बादशाह राई इज किङ राजेश पायल राईको सांगीतिक श्रृंंखला अन्तर्गत दोश्रो कार्यक्रम आसफोर्ड केन्टस्थित नर्थ स्कुलमा सम्पन्न भएको छ ।

गायक बिसी राई र गंगाराज राईद्वारा आयोजित कार्यक्रममा आसफोर्ड 
क्यान्टबरी, फोल्कस्टोन, मेड्स्टोन, चाथाम, जिलिङहाम लगायतबाट आएका नेपाली संगीतप्रेमी साथै स्थानीय श्रष्टाहरु गायक भूमिराज राई, सुनिता थेबे, गीतकार इश्वर चाम्लिङ, संजिव पारदर्शी ‘डाइमण्ड लाहुरे’ र संघर्षशील नायिका इतिसा नेम्वाङ लगायतको उत्साहजनक उपस्थिति थियो ।

पहिलो चरणमा मार्मिक गीतबाट गायन शुरु गरेका गायकले दोश्रो चरणमा प्राय सबै फास्टबिटका गीत गाएर दर्शकहरुलाई नाच्न वाध्य तुल्याए ।

उक्त सांगीतिक कार्यक्रममा गायक राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, फुलै फुलको मौसम तिमीलाई, राम प्यारी, दिक्तेल बजार, तिम्रो मुस्कान, नमाग म संग, छैन तिमी बाहेक, नौ जाले मायाले, धरान धनकुटा भेडेटार, ओखरे साइला, बसमा छैन मेरो मन, सागर सरी… लगायत दुई दर्जन जति गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिलाए । गायकले उपस्थित सबै दर्शक साथै आयोजकहरुलाई धन्यवाद समेत दिए ।

उनले बीच बीचमा ठट्टा गर्दै उनले आफूलाई १९ वर्ष भन्दा बढि उमेरको गन्ती नआउने भएकाले संधै १९ वर्षको जवान रहन सफल रहेको भन्दै उपस्थित दर्शकलाई हंसाएका थिए । राईले गीत संगीत कहिल्यै पुरानो नहुने बताउंदै नारायण गोपाल, भक्त राज आचार्यहरुको गीत उत्तिकै लोकप्रिय र सुमधुर रहेको सुनाए । माया प्रेमका गीतहरु चाहिं अलिक दिगो नहुने ठट्टयौली पनि उनले गरे ।

बिहे र माया प्रेमको बिषय कोट्याउंदै उनले मन परेको देखे पनि भेट्न नसकेको, भेट हुनेहरु कसैको उमेर सानो त कसैसंग मनको कुरा खोल्न नसकेकाले जोडी बनाउन अझै सफल नभएको राईले खुलासा गरेका थिए । स्थानीय गायक गुमानसिंह माक्खिम राईको प्रस्तुतिसंगै कार्यक्रमको सुरुवात गरिएको थियो ।

गायक तथा आयोजक गंगाराज राईले सञ्चालन गरेको उक्त कार्यक्रमका सहभागीले कार्यक्रमबाट भरपुर मनोरन्जन लिन पाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।

मिनी वल्र्ड टुरका लागि निस्किएका गायक राईले यस अघि मलेसिया र साइप्रसमा कार्यक्रम गरेका थिए । उनी बेलायतको कार्यक्रम सकेर हङकङ प्रस्थान गर्ने आयोजकले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक