अक्सफोर्ड युनिभर्सिटीको सल्लाहकारमा डा. पन्त नियुक्त

DR B Panta

लन्डन । प्रा.डा. विजन पन्त बेलायतस्थित विश्व प्रख्यात युनिभर्सिटी अफ अक्सफोर्डको गरिवी र मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकारमा नियुक्त भएका छन् ।
विगत केहि महिनादेखि विकास विज्ञको रुपमा संलग्न पन्तलाई युनिभर्सिटी अफ अक्सफोर्डको उक्त विभागले नेपाल लगायत दक्षिण एसिया हेर्ने गरि हालै नियुक्ति दिएको हो । विकास मामिलामा गहिरो चासो राख्ने डा. पन्तले यस अघि समाजवादी अर्थ विकास नीति सम्बन्धि काम गर्दै आएका थिए ।
अमेरिका र बेलायतमा अध्ययन गर्दा र अध्यापक देखि पूर्वी युरोप र दक्षिण एसियामा काम गरेको अनुभव हेरेर नै युनिभर्सिटी अफ अक्सफोर्डले सल्लाहकारको रुपमा नियुक्त गरेको पन्तले जनाए ।

युनिभर्सिटी अफ अक्सफोर्डको गरिबी र मानव विकास विभागले सन् २००७ देखि विश्वका कयौं मुलुकमा स्वतन्त्र र मानव सम्वृद्ध सम्बन्धि खोज अनुसन्धान गर्दै आएको छ ।

अक्सफोर्डले विकाशील देशहरुमा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय संस्थाहरु लगायत अन्य विभिन्न मानव विकासका पक्षमा काम गर्दै आएका संस्थाहरुसंग समन्वय गरि गरिवी हटाउन आधुनिक नीति नियम समेत तयार गर्दछ ।

डा. पन्तले नेपालमा विभिन्न महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् । उनी यसअघि पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सामाजिक तथा विकास मामिला सल्लाहकारको रुपमा कार्यरत थिए । मानव विकास, समाजवादी अर्थ नीति र विकासशील देशहरुको गरिवी घटाउने सम्बन्धि गहिरो चासो एवं खोज अनुसन्धान गर्दै आएका पन्तसंग बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत छ ।

मानव विकासका विभिन्न पक्ष जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास देखि बाटो बत्ती जस्ता अत्यावश्यक कुरामा सम्बोधन नभए सम्म गरिवी नघट्ने विश्वास पन्तको छ । आजको विश्व समुदायले दिगो विकासका लागि परनिर्भरता घटाउने र आफ्नो साधन श्रोतमा आधारित विकास अगाडि बढाउने मुल लक्ष्यका साथ विकास कुटनीतिलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विकासमा प्रतिवद्धता जनाएको पन्तको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री