लन्डन । प्रा.डा. विजन पन्त बेलायतस्थित विश्व प्रख्यात युनिभर्सिटी अफ अक्सफोर्डको गरिवी र मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकारमा नियुक्त भएका छन् ।
विगत केहि महिनादेखि विकास विज्ञको रुपमा संलग्न पन्तलाई युनिभर्सिटी अफ अक्सफोर्डको उक्त विभागले नेपाल लगायत दक्षिण एसिया हेर्ने गरि हालै नियुक्ति दिएको हो । विकास मामिलामा गहिरो चासो राख्ने डा. पन्तले यस अघि समाजवादी अर्थ विकास नीति सम्बन्धि काम गर्दै आएका थिए ।
अमेरिका र बेलायतमा अध्ययन गर्दा र अध्यापक देखि पूर्वी युरोप र दक्षिण एसियामा काम गरेको अनुभव हेरेर नै युनिभर्सिटी अफ अक्सफोर्डले सल्लाहकारको रुपमा नियुक्त गरेको पन्तले जनाए ।
युनिभर्सिटी अफ अक्सफोर्डको गरिबी र मानव विकास विभागले सन् २००७ देखि विश्वका कयौं मुलुकमा स्वतन्त्र र मानव सम्वृद्ध सम्बन्धि खोज अनुसन्धान गर्दै आएको छ ।
अक्सफोर्डले विकाशील देशहरुमा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय संस्थाहरु लगायत अन्य विभिन्न मानव विकासका पक्षमा काम गर्दै आएका संस्थाहरुसंग समन्वय गरि गरिवी हटाउन आधुनिक नीति नियम समेत तयार गर्दछ ।
डा. पन्तले नेपालमा विभिन्न महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् । उनी यसअघि पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सामाजिक तथा विकास मामिला सल्लाहकारको रुपमा कार्यरत थिए । मानव विकास, समाजवादी अर्थ नीति र विकासशील देशहरुको गरिवी घटाउने सम्बन्धि गहिरो चासो एवं खोज अनुसन्धान गर्दै आएका पन्तसंग बेलायतका विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत छ ।
मानव विकासका विभिन्न पक्ष जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास देखि बाटो बत्ती जस्ता अत्यावश्यक कुरामा सम्बोधन नभए सम्म गरिवी नघट्ने विश्वास पन्तको छ । आजको विश्व समुदायले दिगो विकासका लागि परनिर्भरता घटाउने र आफ्नो साधन श्रोतमा आधारित विकास अगाडि बढाउने मुल लक्ष्यका साथ विकास कुटनीतिलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विकासमा प्रतिवद्धता जनाएको पन्तको बुझाइ छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा