रेडिङ नेपाली समाजबाट एनआरएनए युकेलाई ६ हजार ७४४ पाउण्ड हस्तान्तरण

done
बेलायत । ग्रेटर  रेडिगं नेपाली समाज बेलायतको रेडिगंमा बस्ने नेपालीहरुको साझा संगठन हो । यो संगठनको नयां कार्यसमिती निर्माणसँगै नेपालमा गर्ने सहयोग र स्थानिय समाजसेवामा उत्साह बढेको स्थानीयहरुले भन्ने गरेका छन् । नेपाल भूकम्पबाट भएको क्षतिको पुननिर्माणको अभियानमा यो संस्थाले धादिगंको अचने उच्च माध्यमिक बिद्यालय भवन निर्माण कार्यको थालनी गरिसकेको छ । भवन निर्माणको लागी २२ लाख १७ हजार ३४३ नेपाली रुपियां शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको उपस्थितिमा स्कुलको ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । आगामी दिनमा पनि ग्रेटर रेडिगं नेपाली समाजले सहयोगलाई निरन्तरता दिने कार्यक्रम ल्याउनेमा कार्यसमितिका सदस्यहरुको विचारहरु बिभिन्न फोरमहरुमा ब्यक्त गरिएका छन् ।
आज रेडिगंमा भएको एक कार्यक्रमबीच एनआरएन यूकेका अध्यक्षलाई नेपालमा गएको महाभूकम्पको क्षतिको पुननिर्माणको लागी ६ हजार पाउण्डको चेक ग्रेटर रेडिगं नेपाली समाज अध्यक्ष मानबहादुर गुरुगंले हस्तान्तरण गर्नु भयो । एनआरएन यूकेका अध्यक्ष मुक्षेत्र गुरुगंले चेक लिँदै एनआरएनले निर्माण गर्न गएको एक हजार घर निर्माणमा ग्रेटर रेडिगं नेपाली समाजले सहयोग गरेको रकम सदुपयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति मानबहादुर गुरुगंले समाज स्थानिय समस्याका साथसाथै नेपाली जनतालाई परेको पीर मर्कामा साथसाथै रहेको र आउँदा दिनमा नेपाललाई सहयोग गर्ने कार्यक्रमहरुलाई अगाडि बढाउने बताउनु भयो । साथै वहाँले कार्यसमितिले निर्देस गरेको कार्यक्रमलाई लागु गर्न आफू दृढ रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्षले नेपाली समाजको बिषयमा जानकारी दिनु भएको थियो भने कार्यक्रम समाजका महासचिव नवराज न्यौपानेले संचालन गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा ग्रेटर रेडिगं नेपाली समाजले स्थानीयहरुको सहयोगको लागी रेडिगंमा रहेका बिभिन्न संघसस्थाहरुसगं सहकार्यको बिकासको लागी के कस्तो कार्यक्रमहरु गरिरहेको छ भन्ने जानकारी दिएको थियो । भ्यूजियलबाट कार्यक्रमलाई प्रस्तुत गर्दै समाजका उपाध्यक्ष कृष्ण न्यौपाने, सदस्य ओमकार अधिकारी तथा कार्यक्रमका संयोजक गान्धी सुबेदीले संचालन गर्नु भएको थियो । समाजले हप्तामा एकपटक वाकिगं कार्यक्रम गरिरहेको, हप्तामा एक पटक योगा कर्यक्रम संचालन गर्दै आएको, स्वस्थ चेक, नेपाली कक्षा संचालन, बेलायतको कानुन संबन्धि जानकारी, रोड एक्सिडेनट संबन्धि जानकारी, लागु पदार्थ सेवनबाट नेपाली सोसाईटीलाई कसरी टाढा राख्ने संबन्धि कार्यक्रमहरु, ईन्टरगेसन कार्यक्रम संचालन गरिरहेको जानकारी गराएको थियो । बेलायतमा हुने गरेका सामाजिक कार्यको लागी बेलायतका बिभिन्न संस्थाहरुले आर्थिक सहयोग रहेको जानकारी पनि गराइएको थियो । ग्रेटर रेडिगं नेपाली समाजले सामाजिक काममा एउटा नमुनाको रुपमा बेलायतमा स्थापित हुँदै गएको यही तिब्रतामा काम भएमा भबिश्यमा बेलातको सरकारसंगको सहकार्यमा बिश्वासिलो संस्थाको रुपमा स्थापित हुनेमा कुनै शकां छैन् ।
यही बिचमा संस्थाले डिमिन्सिया संबन्धि जानकारी बेलायतमा कार्यरत नेपाली डाक्टरबाट गराउँदै आएको र टिबी र क्यान्सर जस्ता कार्यक्रम भने नेपाली भाषी डाक्टर नभएकोले दोभासेको सहयोगमा बेलायतको डाक्टरबाट गराएको जानकारी गराएको थियो । यस्ता खाले कार्यक्रम संचालनले बिषेसतः उमेरले पाका हुनु भएका भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले थुप्रै लाभ लिएको स्थानियरुपमा निकै चर्चा रहेको छ ।
कार्यक्रममा उपस्थितहरुको तर्फबाट नेपाली समाजले गति लिएको तर स्थानीयरुपमा प्रचार प्रसारको अभाव भएकोले त्यसतर्फ ध्यान दिन जरुरी छ भन्नु भएको थियो । साथै नेपाली समाजको अहिलेको गतिबिधिले आफू रेडिगंबासी भएकोमा गर्व गर्ने ठाउं राखेको चर्चा गरेका थिए । सामाजिक काममा कुनै जाति समूह र दक्षताले तौलिनुभन्दा पनि सामाजिक भावनाले ओतपोत हुनु पर्नेमा उपस्थित जनसमुदायको मत रहेको थियो ।
सोही दिन बिहान नेपालमा गएको भुकम्पको कारण र अब कसरी सुरक्षित हुनु पर्छ भन्नेमा अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर डा पिटर एले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री