गुजरात (भारत), ११ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताउनुभएको छ ।
भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उहाँले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताउनुभयो । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुरयाएको थियो ।
भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको वताउनुभयो । उहाँले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गर्नुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता