काठमाडौँ, ११ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीलाई आज जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
पुरानो कमिटीका तर्फबाट अध्यक्ष किशोरविक्रम मल्लले नवनिर्वाचित अध्यक्ष नवीना लामालाई पद हस्तान्तरण गर्नुभएको हो ।
नयाँ कमिटीका तर्फबाट १४२ सदस्यीय कमिटीका हाल काठमाडौँँमा उपलब्ध भएका सबै पदाधिकारीले आज पदबहाली गर्नुभएको छ । अनेरास्ववियुको माघ २८ देखि फागुन ९ गतेसम्म भएको २२औँ राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
नेकपा (एमाले) को विद्यार्थी फाँटका इन्चार्ज रवीन्द्र अधिकारीले अब मुलुकमा समृद्ध नेपालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने खालको शिक्षा प्रणाली अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले कुनै पनि क्षेत्रबाट राष्ट्र निर्माणमा लाग्न सकिने शिक्षा अबको पुस्तालाई सिकाउनुपर्नेमा जोड दिँदै राजनीति, कूटनीति, प्रशासन, कृषि, उद्योगका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि अनेरास्ववियुले अन्य विद्यार्थी सङ्गठन तथा विकास सम्बद्ध संस्थासँग समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
रामकुमारी झाँकी पछि नवनिर्वाचित दोस्रो महिला अध्यक्ष लामाले देशमा गुणस्तरीय र व्यावसायिक शिक्षा कायम गराउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?