
काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन अन्तर्गत सोमबारसम्म ५८ जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।
काँग्रेसले गत माघ २५ गतेका लागि मुलुकभर एकसाथ जिल्ला अधिवेशनको तालिका सार्वजनिक गरेको भए पनि माघ २६ गते सभापति सुशील कोइरालाको असमायिक निधनले बाँकी जिल्ला अधिवेशन माघ मसान्तसम्म अधिवेशन स्थगित भएको थियो ।
यसबाहेक पूर्वी तराईका जिल्लामा मधेस केन्द्रित दलको अवरोध र अन्य केही जिल्लामा आन्तरिक कारणले जिल्ला अधिवेशनमा ढिलाइ भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विभिन्न कारणले अधिवेशनमा ढिलाइ भएका जिल्लामा आजसम्म सम्पन्न गर्नेगरी समितिले निर्देशन दिएको भए पनि ५८ जिल्ला अधिवेशन सम्पन्न भएको समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी दिनुभयो । काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
करिब १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने
काँग्रेसका करिब १० जिल्लामा आन्तरिक विवाद र स्थानीय नेताको सहमतिअनुसार महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने भएको छ ।
बारा, पर्सा, धनुषा, सिराहा, कञ्चनपुर, बझाङ, डोल्पा, सिन्धुपलाञ्चोकलगायत करिब १० जिल्लामा आन्तरिक विवाद र स्थानीय नेतृत्वको सहमतिमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने सङ्केत देखिएको समितिले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला अधिवेशन गर्ने स्थानको विवादले अधिवेशन स्थगित गरिएको छ भने सङ्खुवासभामा दुई उम्मेदवारका बीच मत बराबर भएपछि जिल्ला सभापतिको चयन हुन नसकेको हो ।
सङ्खुवासभामा निर्वाचन समितिले गोलाप्रथाद्वारा चयन गर्ने भनेको छ भने बराबरी मत प्राप्त गर्ने उम्मेदवारले भने कार्यकाल अवधि बाँडेर काम गर्ने धारणा राखेकाले टुङ्गो लाग्न बाँकी छ । काँग्रेस निर्वाचन निर्देशिकामा बराबरी मत प्राप्त गर्ने उम्मेदवारबीच गोलाप्रथाद्वारामात्र छनौट गर्ने प्रावधान छ ।
सोमबारसम्म २२७ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न
गत माघ २२ गतेको निर्धारित कार्यतालिका अनुसार काँग्रेसले २४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सुरु गरेको भए पनि आजसम्म २२७ निर्वाचन क्षेत्रमा मात्र अधिवेशन सम्पन्न भएको छ ।
समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन हुन बाँकी १३ निर्वाचन क्षेत्रमा यही फागुन १२ गतेसम्म अधिवेशन सम्पन्न हुनेछन् ।
काँग्रेसमा केन्द्रीय नेतृत्वको निर्वाचनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिको चयन क्षेत्रीय अधिवेशानबाट हुन्छ । काँग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महाधिवेशन प्रतिनिधिको चयन हुन्छ भने क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
भातृ तथा शुभेच्छुक संस्थाले नामावली बुझाउँदै
काँग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले महाविधेशनमा भाग लिन प्राप्त गरेको कोटाअनुसार महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनेक्रम सुरु भएको छ ।
पार्टीले सबै भ्रातृ एवम् शुभेच्छुक संस्थालाई फागुन १० गतेसम्म नामावली बुझाउन निर्देशन दिएको भए प करिब आधा दर्जनले मात्र नामावली बुझाएको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन, नेपाल महिला सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घलगायतले आज आफूले प्राप्त गर्ने सङ्ख्याअनुसारको महाधिवेशन प्रतिनिधिको नामावली पार्टीलाई बुझाएका छन् । बाँकीले पनि एक दुई दिनभित्रै नामावली बुझाउने पार्टी कार्यालयले जनाएको छ ।
काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । जसमध्ये २४० निर्वाचन क्षेत्रबाट निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ प्रतिनिधिले महाधिवेशन भाग लिन्छन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी