
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्दै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल । तस्बिरः प्रकाश सिलवाल, रासस, नयाँ दिल्ली
नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राष्ट्रपति भवनमा भारतीय ऊर्जा राज्यमन्त्री पियुष गोयल र आयुष राज्यमन्त्री श्रीपद् येस्सो नायकले अगल–अलग भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भारत सरकारले दिएको सम्मान र सत्कारका लागि धन्यवाद दिँदै नेपालको ऊर्जा विकासमा सहकार्यका सम्भावना खोज्न आग्रह गरेका थिए ।
ती भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमला थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा भारतका लागि नेपाली राजदूत रञ्जित राय, भारतीय ऊर्जा सचिवलगायत सहभागी थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त