लन्डन । दुई गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल नेपाल फर्किएको साता दिन नबित्दै चल्तीका गायक राजेशपायल राई बेलायतकासंगीतप्रेमी नेपालीमाझ आइपुगेका छन् ।
राजेश पायल राई यूके टुर अन्तर्गत राईले आइतबार फार्नबोरोको ओकफार्म कम्युनिटी स्कुल हलमा गाए । नेपाली आधुनिक तथा पाश्र्व गायनमा चर्चित गायक राईले कार्यक्रममा आफ्ना नयां पुराना गीत गाएर दर्शकलाई मनोरन्जन दिए ।
गंगाराज राई र बिसी राईको आयोजनामा कार्यक्रम भएको हो । उनले फेब्रुअरी २७ तारिख आसफोर्ड केन्टको दि नर्थ स्कुल हल र मार्च ५ तारिख रेडिङ्गको वायरहाउस स्पोर्ट्स हलमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
राई इज किङ भनिने उनी साइप्रसपछि यूके आएका हुन् । यसअघि उनी सन् २०१२ मा बेलायत आएका थिए । बेलायतको कार्यक्रम सकेपछि राई हङकङ जाने कार्यक्रम छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने