संस्थापनलाई पेलेरै अधिवेशन, १३ औं महाधिवेशनका लागि बेग्लाबेग्लै प्रतिनिधि

10367179_1563720063948708_861253115818449621_n

लन्डन । विज्ञान प्रसाईं संयोजक रहेको नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आइतबार लन्डनमा सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यालयको परिपत्र बमोजिम लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा एकता अधिवेशन गरिएको समितिको दावी छ । प्रसाईं समूहको अधिवेशन भइरहंदा अल्डरसटमा भने लोक गुरुङ सभापति रहेको समितिले 
आफ्ना स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं पूण्यतिथी कार्यक्रम गर्दै थियो ।

अधिवेशनले कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा सहभागी हुन ७ जना महाधिवेशन प्रतिनिधि चुनेको छ । सर्वसम्मत चुनिएका प्रतिनिधिमा विज्ञान प्रसाई, विकास देवकोटा, महेश दाहाल, कुमारी गुरुङ, शिव भण्डारी, किरण राई र युवराज सिंह छन् । सल्लाहकार चिरन्जिवी ढकाल, विज्ञान प्रसाईं र शान्तविनोद लामिछानेको विशेष पहलमा चार दिनको कसरतपछि सर्वसम्मत प्रतिनिधि चुनिएको समितिको दावी छ ।

अधिवेशनले नेपाली कांग्रेसको लेटर प्याडमा मुख्य सचिव ऋषिकेश तिवारीको नक्कली हस्ताक्षर गरि आफैंलाई सभापति घोषणा गरेको भन्दै लोक गुरुङ र उनका सहयोगी युवराज गुरुङलाई निलम्बन गर्दै उनीहरुलाई आवश्यक कारवाही गर्न कांग्रेस केन्द्रिय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिले केन्द्रिय कार्यालयको निर्देशन बमोजिम समितिका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा केशव भण्डारी, वेद पराजुली तथा राजेन्द्र सुवेदी सम्मिलित एक निर्वाचन समिति बनाएको थियो । उक्त निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि तथा नयां कार्यसमिति चयन गरेको हो । विज्ञान प्रसाईंको संयोजकत्वमा गठित नयां कार्यसमितिमा शान्तविनोद लामिछाने, विकास देवकोटा, कुमारी गुरुङ, विश्व घिमिरे, विजन भट्ट, कोपिला सुब्बा, राज पाठक, युवराज सिंह, केशव भण्डारी, राज सिटौला, रणवीर योङहाङ, नरकुमारी लिम्बु, आलेख चौहान, राजकुमार शाक्य, शंकर गिरी, महेश दाहाल, रमेश पौडेल, गणेश दाहाल, उपेन्द्र पौडेल, किशोर राज लामिछाने, मोती भण्डारी र सल्लाहकारहरुमा डा. सम्पूर्णानन्द ढुंगाना तथा चिरन्जिवी ढकाल चुनिएका छन् ।
यसैबीच, अधिवेशनअघि कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको १३ औं दिनको पूण्यतिथीमा श्रद्धाञ्जलि अर्पण गर्दैै श्रद्धाञ्जलि प्रस्ताव पारित गरिएको थियो ।

लोक गुरुङ समूहले पनि महाधिवेशनका लागि बेग्लै प्रतिनिधि चयन गरेको छ जसमा महासमिति सदस्यमा लोक गुरुङ, विश्वआदर्श पण्डित र युवराज गुरुङ छन् भने महाधिवेशन प्रतिनिधिमा राजकुमार त्रिपाठी, तर्कजंग गुरुङ, हितकाजी गुरुङ र शेरबहादुर सुनार छानिएका छन् । तर, गुट उपगुटबीच १३ औं महाधिवेशनमा कुन समूहका प्रतिनिधिले मान्यता पाउने हुन् यकिन छैन् ।

12742474_1563720513948663_6378371352681398012_n

12715516_1563720523948662_6593026209367818707_n

तस्विरहरुः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री