काठमाडौँ, ९ फागुन । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा एकीकृत नेकपा(माओवादी)का नेताहरूले जोड दिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने क्रममा सो पार्टीका नेताहरूले जनअपेक्षाअनुसार सरकारको कामकारबाही अगाडि बढ्न नसकेकामा आपत्ति जनाएका हुन् ।
संविधानसभाबाट संविधान घोषणा भएपछि गठन भएको वर्तमान सरकारले ऐतिहासिक र महत्वपूर्ण काम गर्नुपर्नेमा त्यसो हुन नसकेको र परम्परागत तवरले मात्रै सरकार चलेको भन्दै तत्काल कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।
यस्तै मुलुकका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा जाने क्रम बढेको भन्दै त्यसलाई कसरी रोक्ने भन्नेमा समेत छलफल भएको थियो । त्यस्तै पार्टीको सङ्गठन सुदृढीकरण, जनवर्गीय सङ्गठनको परिचालन एवम् सङ्गठन सुदृढीकरणका विषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव कृष्णबहादुर महराले बैठकमा स्थायी समितिका सदस्यले आ–आफ्नो धारणा राखेको बताए ।
उनले बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भए पनि आज कुनै निर्णय नभएको जानकारी दिए । बैठक सोमबार बिहान ८ बजे पुनः बस्नेछ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?