काठमाडौँ, ९ फागुन । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा एकीकृत नेकपा(माओवादी)का नेताहरूले जोड दिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने क्रममा सो पार्टीका नेताहरूले जनअपेक्षाअनुसार सरकारको कामकारबाही अगाडि बढ्न नसकेकामा आपत्ति जनाएका हुन् ।
संविधानसभाबाट संविधान घोषणा भएपछि गठन भएको वर्तमान सरकारले ऐतिहासिक र महत्वपूर्ण काम गर्नुपर्नेमा त्यसो हुन नसकेको र परम्परागत तवरले मात्रै सरकार चलेको भन्दै तत्काल कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।
यस्तै मुलुकका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा जाने क्रम बढेको भन्दै त्यसलाई कसरी रोक्ने भन्नेमा समेत छलफल भएको थियो । त्यस्तै पार्टीको सङ्गठन सुदृढीकरण, जनवर्गीय सङ्गठनको परिचालन एवम् सङ्गठन सुदृढीकरणका विषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव कृष्णबहादुर महराले बैठकमा स्थायी समितिका सदस्यले आ–आफ्नो धारणा राखेको बताए ।
उनले बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भए पनि आज कुनै निर्णय नभएको जानकारी दिए । बैठक सोमबार बिहान ८ बजे पुनः बस्नेछ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]