काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका लागि सात जिल्लाका २० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छान्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
तराईका धनुषा, महोत्तरी, पर्सा र बारा एवम् हिमाली जिल्ला रसुवा र दार्चुला तथा पहाडी जिल्ला म्याग्दीका गरी २० निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्न बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिए ।
“महोत्तरीका चार क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि दुई क्षेत्रको बाँकी छ, धनुषा, बारा र पर्सामा पनि केही क्षेत्रको अधिवेशन बाँकी छ, एउटै क्षेत्र भएका रसुवा, म्याग्दी र दार्चुला जिल्ला अधिवेशन नभएकाले महाधिवेशन प्रतिनिधि छनोट हुन सकेको छैन”– सचिव श्रेष्ठले भने ।
काँग्रेसको विधानअनुसार क्षेत्रीय अधिवेशनबाट समानुपातिक प्रतितिधित्वसहित केन्द्रीय महाधिवेशनका लागि एक क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति पदेन गरी एक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
दुई हजार ६४० प्रतिनिधिको नाम वेभसाइटमा
क्षेत्रीय अधिवेशन बाँकी रहेका सात जिल्लाका २० निर्वाचन क्षेत्रबाहेक २२० निर्वाचन क्षेत्रका दुई हजार ६४० महाधिवेशन प्रतिनिधिको नाम र सम्पर्क नम्बर पार्टीको वेभसाइटमा राखिएको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।
पार्टीका केन्द्रीय पदाधिकारी एवम् केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिको नाम राख्न बाँकी रहेको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ