
कांग्रेसको २० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिन बाँकी
काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका लागि सात जिल्लाका २० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छान्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
तराईका धनुषा, महोत्तरी, पर्सा र बारा एवम् हिमाली जिल्ला रसुवा र दार्चुला तथा पहाडी जिल्ला म्याग्दीका गरी २० निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्न बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिए ।
“महोत्तरीका चार क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि दुई क्षेत्रको बाँकी छ, धनुषा, बारा र पर्सामा पनि केही क्षेत्रको अधिवेशन बाँकी छ, एउटै क्षेत्र भएका रसुवा, म्याग्दी र दार्चुला जिल्ला अधिवेशन नभएकाले महाधिवेशन प्रतिनिधि छनोट हुन सकेको छैन”– सचिव श्रेष्ठले भने ।
काँग्रेसको विधानअनुसार क्षेत्रीय अधिवेशनबाट समानुपातिक प्रतितिधित्वसहित केन्द्रीय महाधिवेशनका लागि एक क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति पदेन गरी एक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
दुई हजार ६४० प्रतिनिधिको नाम वेभसाइटमा
क्षेत्रीय अधिवेशन बाँकी रहेका सात जिल्लाका २० निर्वाचन क्षेत्रबाहेक २२० निर्वाचन क्षेत्रका दुई हजार ६४० महाधिवेशन प्रतिनिधिको नाम र सम्पर्क नम्बर पार्टीको वेभसाइटमा राखिएको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।
पार्टीका केन्द्रीय पदाधिकारी एवम् केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिको नाम राख्न बाँकी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति